असार २६, २०८२ बिहिबार July 10, 2025

बझाङमा १२ हजार किशोरीलाई एचपिभी खोप लगाइँदै

१२ वटै स्थानीय तहका स्वास्थ्य शाखासँग समन्वय गरी खोप अभियान चलाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चैनपुर (बझाङ), १० माघः जिल्लाका १२ हजारभन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप लगाइने भएको छ ।

यही माघ २२ गतेदेखि फागुन ६ गतेसम्म १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

विद्यालयमै पुगेर कक्षा ६ देखि १० सम्मका किशोरीलाई खोप लगाइने जिल्ला स्वास्थ्य उक्त कार्यालयका प्रमुख लालबहादुर धामीले बताउनुभयो । उहाँले १२ वटै स्थानीय तहका स्वास्थ्य शाखासँग समन्वय गरी खोप अभियान चलाउने बताउनुभयो । विद्यालय जाने गाउँका किशोरीलाई उमेरका आधारमा खोप लगाइने उहाँले बताउनुभयो ।

साइपाल गाउँपालिकामा विद्यालय जाने किशोरी एक सय ७४ जना र नजाने २० जना गरी एक सय ९४ जना, बुङ्गल नगरपालिकामा दुई हजार ५८, जयपृथ्वी नगरपालिकामा एक हजार तीन सय छ, सुर्मा गाउँपालिकामा पाँच सय ७७, तलकोटमा आठ सय २५, मष्टामा नौ सय ११, छविसपाथिभेरामा सात सय ५९, दुर्गाथलीमा सात सय ६१, केदारस्यूँमा एक हजार छ सय ६९, वित्थडचिरमा एक हजार दुई सय ५२, थलारामा आठ सय ५३ र खप्तडछान्ना गाउँपालिकामा आठ सय ७१ किशोरीलाई खोप लगाउने उहाँले बताउनुभयो ।

जिल्लाभरि विद्यालय जाने ११ हजार आठ सय ३५ र विद्यालय नजाने दुई सय ९१ गरी १२ हजार एक सय २६ किशोरीलाई खोप लगाइने बताउनुभयो । खोप लगाउनका लागि जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाभर दुई सय ९१ स्वास्थ्यकर्मी र चार सय ३४ जना स्वयंम्सेवक गरी छ सय ५१ स्वास्थ्यकर्मी परिचालन गरिने जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार