कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

भ्रमण दशक कार्यान्वयन प्रक्रिया अगाडि बढाएका छौँ : पर्यटनमन्त्री पाण्डे

विदेशी पर्यटकलाई आकर्षण गर्न सरकार र निजी क्षेत्रको दरिलो साझेदारिता आवश्यक रहेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ,  माघ १० गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि नीतिगत र संरचनागत सुधारलाई उच्च प्राथमिकता दिएको बताउनुभएको छ ।

अमेरिकी चेन होटल बेस्ट वेस्टर्न प्लस काठमाडौँको आज यहाँ उद्घाटन गर्दै मन्त्री पाण्डेले सरकारले पर्यटन र नागरिक उड्डयन क्षेत्रमा नीतिगत सहजीकरण गरिदिने भन्दै पर्यटकीय पूर्वाधारमा निजी क्षेत्रले उत्साहकासाथ लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।

पर्यटनमन्त्री पाण्डेले होटल पूर्वाधारमा एकपछि अर्को लगानी बढिरहेको र विभिन्न विदेशी ‘ब्रान्ड’हरु पनि क्रमशः नेपाल भित्रिरहेको भन्दै यसबाट नेपालको आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालको अथाह पर्यटकीय सम्भावनालाई उजागर गर्दै विदेशी पर्यटकलाई आकर्षण गर्न सरकार र निजी क्षेत्रको दरिलो साझेदारिता आवश्यक रहेको औँल्याउनुभयो ।

पर्यटनमन्त्री पाण्डेले भ्रमण दशक कार्यान्वयनका लागि प्रक्रिया अगाडि बढाएको बताउनुभयो । सरकारले सन् २०२५ देखि २०३५ लाई भ्रमण दशकका रुपमा मनाएर वार्षिक ३५ लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिइएको छ । “भ्रमण दशकको कार्ययोजना निर्माणमा मन्त्रालय जुटेको छ । दशक मनाउँदै गर्दा धेरै मेहेनत गर्नुपर्छ । भ्रमण दशकलाई परिणाममुखी बनाउन बजेटसहित आवशयक व्यवस्थापकीय काम जरुरी हुन्छ”, पर्यटनमन्त्री पाण्डेले भन्नुभयो ।

नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्सनले नेपालको प्रर्यटन क्षेत्रको विकास प्रवद्र्धनमा अमेरिकी सरकारले समन्वय र सहयोगी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । नेपालको मनमोहक प्राकृतिक सौन्दर्यको भ्रमणका लागि उल्लेख्य सङ्ख्यामा अमेरिकी नागरिकहरु आइरहेको भन्दै लामो इतिहास बोकेको अमेरिकी चेन होटल वेष्ट वेष्टन प्लसको सञ्जालमार्फत नेपालमा आतिथ्यता उद्योगको विकासमा सहयोग पुग्ने बताउनुभयो ।

होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहले अन्तर्राष्ट्रियस्तरको हस्पिटालिटी सेवाको नेपालमा सुरुआतले नेपालको पर्यटन प्रवद्र्धनका साथै सम्पर्क सञ्जाल विस्तार गर्न मद्दत पुग्ने बताउनुभयो । बेस्ट वेस्टर्न प्लस काठमाडौँका अध्यक्ष रामेश्वर अर्यालले होटल उद्योगलाई केवल एक व्यावसायिक प्रयासको रुपमा मात्र नभई नेपालको पर्यटन र आतिथ्यता क्षेत्रलाई नयाँ उचाइमा पु¥याउने प्रतिविम्बका रुपमा बेष्ट वेस्टनलाई लिइएको उल्लेख गर्नुभयो ।

अमेरिकी चेन होटल ‘बेस्ट वेस्टर्न प्लस’ नेपालमा

विश्वप्रसिद्ध अमेरिकी ब्रान्ड होटल ‘बेस्ट वेस्टर्न प्लस’ नेपाल भित्रिएको छ । केएमसी ग्रुपका संस्थापकहरुकै प्रारम्भिक लगानीमा बेस्ट वेस्टन प्लस काठमाडौँ सञ्चालनमा आएको हो । योसँगै शिक्षा क्षेत्रमा अग्रणी केएमसी ग्रुपले होटल क्षेत्रमा पनि लगानी विस्तार गरेको छ ।

काठमाडौँको पिङ्गलास्थान स्थापित चारतारे स्तरको चेन होटले विश्वप्रसिद्ध अमेरिकी ब्रान्ड बेस्ट वेस्टर्न प्लसलाई पहिलोपटक नेपालमा प्रस्तुत गरेको हो । पाहुनाहरुलाई मौलिक तथा न्यानो आतिथ्यमार्फत स्तरीय सेवा प्रदान गर्ने जनाएको छ । दुई उत्कृष्ट रेस्टुरेन्ट र रुफ टफ बारबाट काठमाडौँ सहरको मनोरम दृश्यासहित स्वादिष्ट भोजनको अनुभव लिन सक्नेछन् । होटलमा एक हजार दुई सय ५० जनासम्म अट्ने दुई मुख्य हल छन् । फिटनेस र वेलनेस, स्विमिङ पुल रहेको छ ।

सात रोपनी क्षेत्रफलमा अवस्थित उक्त होटलमा ८४ शय्या छन् । जसमा चार सुइट रुम, सात प्रिमियम रुम, १२ सुपर डिलक्स रुम र ६१ डिलक्स रुम छन् । दुई रेसटुरेन्टहरु एक सय ४० पाहुना सेवा क्षमताको सनराइज क्याफे र एक सय ४० क्षमताका ला–रुफटप रेष्टुरेन्ट छभने दुई बहुउद्देश्यीय हल छन् । पब्लिक लिमिटेड कम्पनीअन्तर्गतको यो परियोजनामा रु एक अर्ब ५० करोड लगानीको रहेको छ । चाँडै आइपीओमा जाने योजनासहित होटलले जनाएको छ ।

बेस्ट वेस्र्टनका १९ किसिमका ब्रानडहरुले एक सयभन्दा बढी देशमा चार हजार आठ सयभन्दा बढी होटल तथा रिसोर्टहरुले आतिथ्य सेवा प्रदान गरिरहेका छन् । नेपालमा बेस्ट वेस्टर्न होलका लागि प्रमुख रणनीतिक साझेदार ट्राभियालिटीले नेपालको आतिथ्य क्षेत्रमा होटल व्यवस्थापन गरेको संस्थाले विज्ञप्तिमार्फत जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इरानको निशानामा अमेरिकी अर्थमन्त्री, सुरक्षाका लागि सैनिक बेसमा आश्रय
२०८३ कार्तिक २५, बुधबार
जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छः परराष्ट्रमन्त्री खनाल (अन्तवार्ता)
२०८३ कार्तिक २५, बुधबार
विश्वकप तयारीमा नेपाली यू–१९ महिला टोली, भारतसँग टी–२० शृङ्खला खेल्ने
२०८३ कार्तिक २५, बुधबार
Minister Wagle wants special financial package for vulnerable countries
२०८३ कार्तिक २५, बुधबार
विश्वासको मत लिन मधेसका मुख्यमन्त्री यादवले बोलाए प्रदेशसभा बैठक
२०८३ कार्तिक २५, बुधबार
रुसका लागि जासुसी गरेको आरोपमा बेलायतमा अमेरिकी सैनिक पक्राउ
२०८३ कार्तिक २५, बुधबार
CM Yadav to seek vote of confidence on November 14
२०८३ कार्तिक २५, बुधबार