माघ २४, २०८२ शनिबार February 7, 2026

सांसद गुरुङको निलम्बन फुकुवा गर्ने निर्णय पुनरावलोकन हुने

न्यायाधीश सपना प्रधान मल्ल, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको पूर्ण इजलासले दियो आदेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। विशेष अदालतबाट भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्ने निर्णय पुनरावलोकन हुने भएको छ।

सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको पूर्ण इजलासले आज निलम्बन फुकुवा गर्ने निर्णयमाथि पुनरावलोकनको अनुमति दिएको हो।

आदेशमा भनिएको छ, ‘रिट निवेदनमा २०७९ भदौ २२ गते यस अदालतबाट प्रतिपादन भएका कानुनी सिद्धान्तसमेतको प्रतिकूलताको प्रश्न सन्निहीत रहेको देखिँदा प्रस्तुत निवेदनमा न्याय प्रशासन ऐन, २०७३ को दफा ११(२) को खण्ड (ख) बमोजिम पुनरावलोकनको अनुमति प्रदान गरिएको छ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखेको पत्रका आधारमा संघीय संसद् सचिवालयले मनाङबाट निर्वाचित सांसद गुरुङलाई २०७९ पुस १२ गते निलम्वन गरेको थियो। उक्त निर्णयविरुद्ध गुरुङ सर्वोच्च अदालत गएका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आज शनिबार, शनि भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् राशिफल
२०८२ माघ २४, शनिबार
सामाजिक सञ्जाल प्रयोग गर्दा जिम्मेवार बनौँ, नत्र कारबाहीमा परिएला
२०८२ माघ २४, शनिबार
आज कोशी र गण्डकीको हिमाली भू-भागमा हल्का वर्षा/हिमपातको सम्भावना
२०८२ माघ २४, शनिबार
झापा गोल्ड कपको सातौँ संस्करण शनिबारदेखि
२०८२ माघ २३, शुक्रबार
पशुपतिमा ‘विश्वमेध श्रीविद्या कोटिअर्चना महायज्ञ’
२०८२ माघ २३, शुक्रबार
प्राविधिक तथा आर्थिक सहयोग महत्त्वपूर्ण छः पूर्वराष्ट्रपति डा यादव
२०८२ माघ २३, शुक्रबार
निर्माणाधिन संसद भवनको काम समयमै सक्न अध्यक्ष दाहालको निर्देशन
२०८२ माघ २३, शुक्रबार