मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

पोखरामा भोलिदेखि ‘टाइगर कप’ भलिबल प्रतियोगिता

महिला तथा पुरुष दुवैतर्फ सर्वोत्कृष्ट बन्ने खेलाडीले जनही रु २५ हजार सात सय ७७ पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

कास्की, ११ माघः पोखरा रङ्गशालामा भोलिदेखि सुरु हुने पाँचौँ संस्करणको ‘टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप’ भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा माघ १९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पुरूषतर्फ छ र महिलातर्फ छ गरी १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको ट्रफी आज यहाँ आयोजित एक कार्यक्रमका बीच गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले अनावरण गर्नुभयो ।

आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण शर्माले प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी दिनुभयो । उहाँका अनुसार सहभागी हुने अधिकांश टोली पोखरा आइसकेका छन् । “सम्पूर्ण तयारी सकिएकाले शनिबार भव्य रूपमा प्रतियोगिता उद्घाटन गर्दैछौँ”, उहाँले भन्नुभयो ।

प्रतियोगितामा विदेशी टोलीका रूपमा महिलातर्फ युनाइटेड प्यासन भलिबल क्लब थाइल्याण्ड र पुरूषतर्फ भारतको सुनिल भलिबल क्लब, कुरूक्षेत्रको टिम सहभागी हुनेछन् । पुरूषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल सङ्घ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लबले सहभागिता जनाउने प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिनुभयो ।

महिलातर्फ सहभागी टोलीमा नेपाल एपिएफ क्लब, टिपटप न्यू डायमन्ड स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र टाइगर ग्रुप अफ पोखरा नेपाल रहेका छन् । च्याम्पियन टोलीले महिला तथा पुरुषतर्फ समान नगद रु पाँच लाख ८५ हजार पाँच सय ५५ पुरस्कार पाउने ज्ञवालीले उल्लेख गर्नुभयो । उहाँका अनुसार द्वितीय टोलीले समान रु दुई लाख ८५ हजार पाँच सय ५५ र तृतीय टोलीले रु एक लाख ८५ हजारा पाँच सय ५५ ट्रफी र मेडल प्राप्त गर्नेछन् ।

महिला तथा पुरुष दुवैतर्फ सर्वोत्कृष्ट बन्ने खेलाडीले जनही रु २५ हजार सात सय ७७ पाउने छन्भने दुवैतर्फ विधागत उत्कृष्ट ठहरिने खेलाडीलाई जनही रु १० हजार पाँच सय ५५ का दरले पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

विगतका वर्षहरूमा भन्दा यस वर्षको प्रतियोगता उत्कृष्ट बनाउनेगरी तयारी गरिएको संयोजक ज्ञवालीले बताउनुभयो । उहाँले विदेशका उत्कृष्ट टोली र नेपाली टोलीमा समेत रहेका विदेशी खेलाडीको प्रदर्शनले प्रतियोगिता रोचक बन्ने अपेक्षा गर्नुभयो ।

प्रतियोगितालाई थप आकर्षक बनाउन र दर्शकहरूलाई सहज ढङ्गले खेल हेर्ने अवसर प्रदान गर्न विगतमा भन्दा प्यारापिटको क्षमता विस्तार गरिएको, समयानुकूल डिजिटल प्रविधिमैत्री बनाउँदै अन्तर्राष्ट्रियस्तरको बनाउने प्रयास भएको प्रचारप्रसार संयोजक इन्द्रप्रसाद पौडेलले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
२०८३ मंग्सिर ४, शुक्रबार
कम्पनीलाई वार्षिक विवरण र कर दाखिला गर्न पुस मसान्तसम्म समय थप
२०८३ मंग्सिर ४, शुक्रबार
उपत्यकामा ट्राफिक नियम उल्लंघन बढ्दो, एकैदिन ७२३ चालक कारबाहीमा
२०८३ मंग्सिर ४, शुक्रबार
मलेसिया जाने श्रमिकसँग यसरी असुलियो दुई अर्ब
२०८३ मंग्सिर ४, शुक्रबार
हरिबोधनी एकादशी आज, तुलसी विवाह गरी भगवान् विष्णुको पूजा गरिँदै
२०८३ मंग्सिर ४, शुक्रबार
राष्ट्र बैङ्कद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ मंग्सिर ४, शुक्रबार
मौसम पूर्वानुमान : कोशी–मधेशमा बदली, तराई र उपत्यकामा हुस्सु
२०८३ मंग्सिर ४, शुक्रबार