कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

कर्णालीको परिचय बदल्न साझा सङ्कल्प जरूरी छ : मुख्यमन्त्री कँडेल

प्रदेश सरकारलाई निश्चित बजेट र स्रोत साधनमा रहेर काम गर्नुपर्ने बाध्यता रहेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

कर्णाली, ११ माघः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले समग्र प्रदेशको परिचय परिवर्तन गर्न साझा सङ्कल्प र आपसी सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

परिवर्तनका लागि युवा संस्थाद्वारा आज प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘कर्णाली युवा महोत्सव’को उद्घाटन कार्यक्रममा उहाँले कणालीको विकास र समृद्धिका लागि युवाहरूको साथ र सङ्कल्पको जरूरी रहेको धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, “प्रदेश सरकारको एकल प्रयासले मात्र कर्णालीको विकास र समृद्धिको यात्रा सफल हुन सक्दैन । यसमा युवाको साथ, सहयोग र सहकार्य आवश्यक छ । विगतका महोत्सवभन्दा यसले प्रदेश सरकारलाई नयाँ योजना निर्माणमा मार्गनिर्देशन गर्ने विश्वास छ । सरकारको कार्यसम्पादनमा युवा भएमा कार्यप्रगति उल्लेख हुँदै जानेछन् ।”

प्रदेश सरकारलाई निश्चित बजेट र स्रोत साधनमा रहेर काम गर्नुपर्ने बाध्यता रहेको जनाउँदै मुख्यमन्त्री कँडेलले सबै पक्षलाई समेटेर लैजाने प्रयास गरिएकाले यसमा युवाको सकारात्मक साथ आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । कर्णालीको विकास पहिलो प्राथमिकता परेको भन्दै उहाँले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएकाले व्यवस्थाविरोधी चिन्तन नगर्न सबैलाई आग्रह गर्नुभयो ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले युवाहरूलाई आशावादी र सृजनशील भएर उद्यमशील बन्दै जानुपर्ने भन्दै यसमा स्थानीर सरकारको सहयोग सदैव रहने जानकारी दिनुभयो । स्थानीय सरकारले गरेका सकारात्मक पक्षलाई उजागर गर्ने र गल्ती कमजोरीलाई सच्याउन आग्रह गर्दै उहाँले आपसी सहकार्य र समन्वयबाट मुलुक समृद्ध बन्ने विश्वास व्यक्त गर्नुभयो ।

संस्थाका अध्यक्ष हिमाल विष्टले रोजगारीको अभावमा विदेश पलायन भइरहेका युवाहरूमा आशा जगाउने र उनीहरूलाई देशमा स्वरोजगारका अवसरबारे जानकारी गराउने उद्देश्यसहित महोत्सव आयोजना गरिएको जानकारी दिनुभयो ।

“हामीले राष्ट्रिय युवा परिषद् नेपालसँगको समन्वयमा सबै क्षेत्रका युवा प्रतिनिधित्व हुनेगरी महोत्सवमा सहभागिता गराएका छौँ”, उहाँले भन्नुभयो, “महोत्सव परामर्श र उत्प्रेरणामूलक हुने विश्वास लिएका छौँ ।” उहाँका अनुसार महोत्सव भोलिसम्म सञ्चालन हुनेछ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इरानको निशानामा अमेरिकी अर्थमन्त्री, सुरक्षाका लागि सैनिक बेसमा आश्रय
२०८३ कार्तिक २५, बुधबार
जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छः परराष्ट्रमन्त्री खनाल (अन्तवार्ता)
२०८३ कार्तिक २५, बुधबार
विश्वकप तयारीमा नेपाली यू–१९ महिला टोली, भारतसँग टी–२० शृङ्खला खेल्ने
२०८३ कार्तिक २५, बुधबार
Minister Wagle wants special financial package for vulnerable countries
२०८३ कार्तिक २५, बुधबार
विश्वासको मत लिन मधेसका मुख्यमन्त्री यादवले बोलाए प्रदेशसभा बैठक
२०८३ कार्तिक २५, बुधबार
रुसका लागि जासुसी गरेको आरोपमा बेलायतमा अमेरिकी सैनिक पक्राउ
२०८३ कार्तिक २५, बुधबार
CM Yadav to seek vote of confidence on November 14
२०८३ कार्तिक २५, बुधबार