काठमाण्डौंः विश्वमहामारी कोरोना भाईरसका कारण चार महिनादेखी बन्द रहेको होटेल ब्यवसायहरु आजदेखी खुल्ने भएको छ ।
कोरोनाभाइरसको रोकथामको लागि सरकारले चैत देखी गरेको लकडाउनका कारण बन्द रहेको होटल, रेष्टुरेन्टहरु लकडाउन खुलेसँगै आजदेखी होटल, रेष्टुरेन्टहरु सञ्चालनमा आउने भएका हुन् ।
होटल, रेष्टुरेन्टहरु आज खोल्ने तयारी गरिएको होटेल व्यवसायीले बताएका छन् । सरकारले साउन १५ गतेदेखि तोकेको मापदण्ड पुरा गरेर होटल व्यवसाय खोल्नका लागि अनुमति दिने निर्णय गरेपछि आज देखी होटल, रेष्टुरेन्टहरु खुल्ने भएका हुन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया