श्रावण २, २०८२ शुक्रबार July 18, 2025

इसेवाले डिजिटल ठगी रोक्न एआईको प्रयोग गर्ने

डिजिटल भुक्तानी सेवालाई विश्वसनीय बनाउनका लागि पूर्ण सुरक्षित कारोबार सेवा सुनिश्चित गर्न कारोबार निगरानीमा एआइको प्रयोग गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले डिजिटल कारोबारका माध्यमबाट हुने ठगी र संधिग्ध गतिविधि नियन्त्रण गर्नका लागि कृत्रिम बुद्धिमत्ता अर्थात् एआईको प्रयोग गर्ने भएको छ।

कम्पनीको १६ औं वार्षिकोत्सवका अवसरमा जारी प्रेस विज्ञप्तीमा इसेवाले डिजिटल भुक्तानी सेवालाई विश्वसनीय बनाउनका लागि पूर्ण सुरक्षित कारोबार सेवा सुनिश्चित गर्न कारोबार निगरानीमा एआइको प्रयोग गर्न लागिएको जानकारी दिएको हो।

कम्पनीले विज्ञप्तीमा भनेको छ,यसमा हामीले अझै अत्याधुनिक प्रविधि प्रयोग गरेर ‘खर्च गर्ने’,‘बचत गर्ने’ र ‘आय वृद्धि गर्ने’ यात्रातर्फ हाम्रा उपभोक्तासँग हातेमालो गर्दै अगाडि बढ्न चाहन्छौँ । यसले इसेवा प्रयोगकर्तालाई डिजिटल वालेटमार्फत बचत योजना र लगानीका अवसरहरू उपलब्ध गराएर वित्तीय स्वतन्त्रता प्रदान गर्दछ भन्ने कुरामा हामी विश्वस्त छौँ ।

इसेवाले डिजिटल भुक्तानी कारोबारमा मात्र सीमित नभएर बचत तथा लगानीको अवसरका लागि पनि डिजिटल वालेटलाइ माध्यमका रूपमा प्रयोग गर्न सकिने सुविधा ल्याउने तयारी भइरहेको जानकारी दिएको छ। इसेवाका अनुसार प्रतिफल प्राप्त हुने प्रकृतीका म्युचुअल फण्ड, ऋण पत्र लगायतका वित्तीय उपकरणमा सहजरूपमा लगानी गर्न सकिने विकल्प डिजिटल वालेटमार्फत नै उपलब्ध हुनेछ।

यसबाहेक इसेवाले आफ्ना प्रयोगकर्ता ग्राहकलाई उनीहरूको कारोबार इतिहास तथा रेटिङ(वर्गिकरण)का आधारमा बिना झण्झट लघु ऋण सुविधा समेत उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिएको छ। हाल यस्तो सुविधा इसेवाको बिक्रेताहरूमा मात्र सीमित छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
काठमाडौंमा डेङ्गु संक्रमण बढ्दै
२०८२ श्रावण २, शुक्रबार
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार