असार २५, २०८२ बुधबार July 9, 2025

ठाडी भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ नहुँदा राजस्व सङ्कलन प्रभावित

प्लान्ट क्वारेन्टिन नहुँदा व्यवसायीले विराटनगर र जलेश्वर भन्सारबाट मालसामान निर्यात गर्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सिरहा। ठाडी भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ नहुँदा राजस्व सङ्कलन प्रभावित भएको छ । यद्यपि सिरहा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य रामशङ्कर यादवले सिरहास्थित ठाडी भन्सार कार्यालयमा खाद्य तथा प्लान्ट क्वारेन्टिन स्थापनाको प्रयास जारी रहेको जनाउँदै सम्बन्धित निकायमा त्यसनिम्ति आवश्यक प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

त्रिहत्तरौँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा ठाडी भन्सार कार्यालयले आइतबार यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले सिरहाका तीनवटै भन्सार कार्यालयमा खाद्य तथा प्लान्ट क्वारेन्टिन नहुँदा राजस्व सङ्कलन प्रभावित भएको बताउनुभयो ।

मधेश प्रदेशसभा सदस्य राजकुमार गुप्ताले नेपाल–भारत सहज व्यापारका लागि उपयुक्त नीति कानुनको आवश्यक्ता रहेको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले जिल्लामा प्लान्ट क्वारेन्टिनको सुविधा नहुँदा समस्या भएको बताउनुभयो ।

ठाडी भन्सार कार्यालयका प्रमुख मुकेशकुमार पाठकले खाद्य तथा प्लान्ट क्वारेन्टिन नहुँदा खाद्य सामग्रीको भन्सार जाँचपास ठप्पभई राजस्व सङ्कलन प्रभावित भएको गुनासो गर्नुभयो ।

ठाडी भन्सार कार्यालयले चालु आर्थिक वर्षमा रु चार करोड २३ लाख ४२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा पुस मसन्तसम्ममा लक्ष्यको ८४ प्रतिशत मात्र सङ्कलन भएको जनाएको छ । प्लान्ट क्वारेन्टिन नहुँदा व्यवसायीले विराटनगर र जलेश्वर भन्सारबाट मालसामान निर्यात गर्दै आएका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार