असार २१, २०८२ शनिबार July 5, 2025

पत्रकारिता लोकतन्त्रको ‘धर्ममिटर’ हो : गृहमन्त्री लेखक

पत्रकारिता पनि मर्यादित, व्यवस्थित र सत्यमा आधारित हुनुपर्नेमा मन्त्री लेखकको जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पत्रकारिता लोकतन्त्रको वाहक र संरक्षक भएको बताएका छन् ।

सोमबार सिंहदरबारस्थित गृह मन्त्रालयमा नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधीकारीहरुलाई बधाई ज्ञापन गर्दै गृहमन्त्री लेखकले पत्रकारिता लोकतन्त्रको ‘धर्ममिटर’ पनि भएको बताए ।

‘हाम्रो संविधानले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको छ,’ मन्त्री लेखकले भने, ‘स्वतन्त्र, व्यवसायिक, निष्पक्ष पत्रकारिताको वातावरण सरकारले सुनिश्चित गर्छ ।’

उनले कुनै पनि तवरले पत्रकारिताको स्वतन्त्रता र व्यवसायिकतामाथि र निष्पक्ष रुपले कलम चलाउन पाउने, बोल्ने पाउने सञ्चारगृह र सञ्चारकर्मीको आधारभुत अधिकारको सुनिश्चितता हुने विश्वास दिलाए ।

पत्रकारिता पनि मर्यादित, व्यवस्थित र सत्यमा आधारित हुनुपर्नेमा मन्त्री लेखकको जोड थियो । ‘कपोकल्पित समाचारहरु सम्प्रेषण गर्ने, समाजमा अनावश्यक खालको भ्रमहरु सिर्जना गर्ने, व्यक्ति, समाज र समुदायको चरित्रहत्या गर्ने लगायतका गतिविधिबाट आफू र सञ्चारगृह जोगाउन तपाईहरुलाई आग्रह गर्दछु,’ मन्त्री लेखकले भने, ‘त्यस्ता गतिविधि बढ्यो भने समग्र सञ्चार जगतप्रतिको विश्वास कमजोर हुन्छ ।’

त्यसैगरी नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्माले पत्रकार महासंघको निर्वाचन शान्तिपुर्ण वातावरणमा सम्पन्न गर्न सरकारले निभाएको भूमिकाप्रति धन्यवाद ज्ञापन गरिन् ।

साथै अध्यक्ष शर्माले प्रेस स्वतन्त्रता हनन्मा संलग्नलाई कारबाहीको माग गर्दै गृहमन्त्री लेखक समक्ष्य ध्यानाकर्षण पत्र समेत बुझाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार