काठमाडौँ, माघ १४ गते । विभागीय टोली नेपाल पुलिस क्लब एन्फा राष्ट्रिय महिला लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
सातदोबाटोस्थित एन्फा मैदानमा सोमबार भएको दोस्रो क्वालिफायर खेलमा पुलिसले विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटआउटमा २–१ गोलले हरायो ।
निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेर सकिएको थियो ।
जसमा पुलिस भाग्यमानी बन्यो । उपाधिका लागि बुधबार पुलिसले एपिएफ क्लबसँग खेल्नेछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया