असार २१, २०८२ शनिबार July 5, 2025

एपिएफ एनसेल पाँचौं टाइगर कप भलिबल : एपिएफ पहिलो क्वालिफायरमा

टाइगर ग्रुपलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफ पहिलो क्वालिफायरमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, माघ १६ गते । सशस्त्र प्रहरी बल एपिएफ एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ अपराजित रहँदै पहिलो क्वालिफायरमा पुगेको छ । लिग चरणको अन्तिम खेलमा टाइगर ग्रुपलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफ पहिलो क्वालिफायरमा पुगेको हो ।

‘जित्ने समूह’को विजेता बनेको एपिएफसँग पराजित भएको टाइगर ग्रुप समूहले पनि उपविजेताको रूपमा पहिलो क्वालिफायर खेल्ने टुङ्गो भएको छ । पहिलो क्वालिफायरमा फेरि एपिएफ र टाइगर ग्रुप बिहीबार आमनेसामने हुने छन् ।

बुधबारको खेलमा एपिएफले पहिलो सेट २५–७, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–२० ले आफ्नो पक्षमा पार्‍याे । तेस्रो सेटमा ११–१६ ले पछि परेको स्थितिलाई उल्टाउँदै टाइगर ग्रुपले १८–१७ को स्थितिमा पुर्‍याएकाे थियो । तर, त्यसपछि भने एपिएफले पुनरागमन गर्दै खेल २५–२० ले आफ्नो पक्षमा बनायो ।

बुधबारै भएको अर्काे खेलमा ट्राभल इन्क्वारी प्यासन भलिबल क्लब थाइल्यान्डले सान्त्वना जित निकालेको थियो । ट्राभल इन्क्वारीले आफ्नो अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ ले हराएको हो ।

अब बिहीबार हुने तेस्रो खेलमा टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब र सशस्त्र प्रहरी बल एपिएफ भिड्नै छन् भने चौथो तथा अन्तिम खेलमा दिउँसो पौने ३ बजे भारतको सुनिल भलिबल क्लब र त्रिभुवन आर्मी क्लब प्रतिस्पर्धा गर्ने छन् ।

त्यसअघि आइतबार स्थगित भएको गण्डकी प्रदेश र हेल्प नेपालबिचको खेल हुने प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले बताउनुभयो । प्रतियोगिता माघ १९ सम्म जारी रहनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार