असार २३, २०८२ सोमबार July 7, 2025

राजनीतिक स्वार्थको लागि माओवादीले व्यक्ति हत्या गरेको कमल थापाको दाबी

माओवादीहरुले गरेको व्यक्ति हत्यामा राष्ट्रियता प्रजातन्त्र र राजसंस्थाप्रति आस्था राख्ने व्यक्तिहरु पनि धेरै ठूलो संख्यामा सहिद भएको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले व्यक्तिगत राजनीतिक स्वार्थ परिपूर्तीको लागि हजारौंको संख्यामा माओवादीहरुले व्यक्ति हत्या गरेको आरोप लगाएका छन्।

बुधबार ८५ औं शहिद दिवसको अवसरमा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै उनले माओवादीहरुले गरेको व्यक्ति हत्यामा राष्ट्रियता प्रजातन्त्र र राजसंस्थाप्रति आस्था राख्ने व्यक्तिहरु पनि धेरै ठूलो संख्यामा सहिद भएको बताए।

उनले भने, ‘निज राजनीतिक स्वार्थ परिपूर्तीको लागि हजारौंको संख्यामा माओवादीहरुले व्यक्ति हत्या गरे। त्यो व्यक्ति अत्याको श्रिंखलामा राष्ट्रियता प्रजातन्त्र र राजसंस्थाप्रति आस्था राख्ने व्यक्तिहरु पनि धेरै ठूलो संख्यामा शहीद भएका छन्। माओवादी आतंकको शिकार भएका छन्।’

यसको साथै, उनले देश परिवर्तनको क्रममा ज्यान गुमाउने शहीदहरुलाई सधैँ सम्झिनु पर्ने पनि बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार