फागुण ५, २०८१ सोमबार February 17, 2025

एन्फा महिला लिग फुटबल : सविता रानामगर सर्वोत्कृष्ट खेलाडी घोषित

३५ गोल गर्ने एपिएफकी रश्मिकुमारी घिसिङ सर्वाधिक गोलकर्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । अखिल नेपाल फुटबल संघले आयोजना गरेको एन्फा महिला लिगको फुटबल प्रतियोगितामा सविता रानामगर सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला मैदानमा आज भएको फाइनल खेलमा एपिएफले पुलिसलाई ४-० गोलअन्तरले पराजित गरेको थियो । एपिएफकी फरवार्ड सविता रानामगरले उक्त उपाधिसहित रु एक लाख प्राप्त गरिन् ।

त्यसैगरी ३५ गोल गरेकी एपिएफकी रश्मिकुमारी घिसिङ सर्वाधिक गोलकर्ता र एपिएफकै सावित्री किसन उत्कृष्ट गोलकिपर चुनिइन् । उनीहरूले जनही रु. ५० हजार प्राप्त गरे ।

त्रिभुवन आर्मी क्लबले फेयर प्लेको ट्रफी पाउन सफल भयो । विजेतालाई परराष्ट्र मन्त्री आरजु राणा देउवा, एन्फाका पदाधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरेकी थिइन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया