असार २५, २०८२ बुधबार July 9, 2025

मेयर कैलाश कुमार आले बुद्धिचाल प्रतियोगिताको च्याम्पियन

पाँच जीत, एक बराबरी र एक हारको नतिजा निकालेका आमचोक गाउँपालिकाका उमेश मगर दोस्रो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भोजपुर । भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आले भोजपुर जिल्ला बुद्धिचाल सङ्घद्वारा आयोजित प्रथम भोजपुर जिल्ला बुद्धिचाल प्रतियोगिताको च्याम्पियन बनेका छन् ।

भोजपुर उद्योग वाणिज्य सङ्घको सभा हलमा भएको खेलमा सत प्रतिशत जीत दर्ता गर्दै भोजपुर नगरपालिका वडा नम्बर सातका मेयर आले च्याम्पियन बनेका हुन । आलेले हेमा राई, राजकुमार राई, संग्राम राई, टिकाराम राई, उमेश मगर, नारायण तामाङ र प्रदीप कुमार राईलाई पराजित गरेका थिए ।

यस्तै पाँच जीत, एक बराबरी र एक हारको नतिजा निकालेका आमचोक गाउँपालिकाका उमेश मगर दोस्रो भएका छन् । मगर च्याम्पियन बन्न सफल आलेसँग पाँचौँ चरणमा पराजित भएका थिए भने टिकाराम राईसँग अङ्क बाडेका थिए ।

समान पाँच अङ्क जोड्न सफल भोजपुर नगरपालिका वडा नम्बर–छ, देउरालीका नारायण तामाङ, टेम्केमैयुङ गाउँपालिका आठ, गोगनेका भगतकुमार राई, भोजपुर नगरपालिका पाँचका प्रदीपकुमार राई र टेम्केमैयुङ गाउँपालिका एक, तिम्माका टिकाराम राईले क्रमशः तेस्रो देखि छैटौँ स्थान हासिल गरे । यस्तै टेम्केमैयुङ गाउँपालिका पाँचका हेमराज राई उत्कृष्ट सात स्थानमा पर्न सफल भए ।

प्रतियोगिताको विधागत पुरस्कार तर्फ टेम्केमैयुङ गाउँपालिका एक, तिम्माकी सन्तोषी राई महिला प्रथम बनिन भने भोजपुर नगरपालिका सात भोटेपसलका संस्कार राई अन्डर १५ टपको पुरस्कार जित्न सफल बने । मङ्गलवारबाट सुरु प्रथम भोजपुर जिल्ला बुद्धिचाल प्रतियोगिता बुधवार सकिएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार