काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २३ सय रुपैयाँले वृद्धि भएको हो ।
शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसअघि बिहिबार प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। हिजो तोलाको १ हजार ८८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३० रुपैयाँले बढेर प्रतितोला १ हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया