फागुण ४, २०८२ सोमबार February 16, 2026

रवि लामिछानेले दिए सभामुख समक्ष सांसद पद निलम्बन फुकुवाको निवेदन (पत्रसहित)

सभामुखलाई रविले बुझाए निलम्बन फुकुवाको निवेदन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सभामुख देवराज घिमिरेलाई भेटेर सांसद पद निलम्बन फुकुवाको निवेदन दिनु भएको छ ।

आफना दलका सासंद सहित सभामुखको कार्यकक्षमा पुगेर उहाँले सांसद पद निलम्बन फुकुवाको निवेदन दिनु भएको हो ।

सहकारी ठगी, संगठित अपराधसहित सम्पत्ति शुद्धीकरणमा पनि कास्की जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएको जानकारी पछि गत पुस ८ गते लामिछाने सांसदबाट निलम्बित हुनु भएको थियो ।

राजनीतिक प्रतिशोध राखेर सांसद पद निलम्बन गरेको भन्दै रास्वपाले आज बस्ने प्रतिनिधिसभाको बैठकमा विरोध जनाउने यसअघि नै निर्णय गरिसकेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया