असार २६, २०८२ बिहिबार July 10, 2025

नुवाकोटमा ११ हजार १७८ किशोरीलाई एचपीभी खोप लगाइँदै

विद्यालयमै पुगेर कक्षा ६ देखि १० सम्मका किशोरीलाई खोप लगाइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, १८ माघ । नुवाकोटका ११ हजारभन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप लगाइने भएको छ ।

यही माघ २२ गतेदेखि फागुन ६ गतेसम्म १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने जनस्वास्थ्य कार्यालयका प्रमुख महेन्द्रध्वज अधिकारीले जानकारी दिए ।

विद्यालयमै पुगेर कक्षा ६ देखि १० सम्मका किशोरीलाई खोप लगाइने छ । उनले १२ वटै स्थानीय तहका स्वास्थ्य शाखासँग समन्वय गरी खोप अभियानमा विद्यालय जाने गाउँका किशोरीलाई उमेरका आधारमा खोप लगाइने उनले बताए ।

जिल्लाभरि विद्यालय जाने ११ हजार ६१ जना र विद्यालय नजाने १७१ जना गरी कुल ११ हजार १७८ जना किशोरीलाई खोप लगाइने बताए ।

खोप लगाउनका लागि जनस्वास्थ्य कार्यालयले जिल्लाभर ३०४ खोपकर्ता, १ हजार १२३ महिला स्वास्थ्य स्वयंम्सेविका परिचालन गरिने जनाएको छ ।

खोप लगाउनका लागि ३०४ केन्द्र रहेको छ । विदुर नपामा ६४ केन्द्र तोकिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया