कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

संसदमा दर्ता भएको नेपाल नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक सकारात्मक

वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यवस्था गर्नु स्वागतयोग्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, १९ माघः सरकारले प्रतिनिधिसभामा दर्ता गरेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकका प्रावधान सकारात्मक रहेको भन्दै नागरिक अधिकारका लागि नागरिक समाज सञ्जालले स्वागत गरेको छ ।

विधेयकमा कुनै व्यक्तिको जन्मदर्ता वा शैक्षिक योग्यताको प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्रमा बाबुको नाम उल्लेख भए पनि निजको बाबुको अन्य पहिचान नखुलेको र हाल सम्पर्कमा नरहेको भनी निजले स्वःघोषणा गरेमा त्यस्तो व्यक्तिको बाबुको पहिचान नभएको मानी वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यवस्था गर्नु स्वागतयोग्य रहेको सञ्जालले जनाएको छ ।

सञ्जालका साथै महिला, कानुन र विकास मञ्चले आज यहाँ संयुक्त रूपमा आयोजना गरेको छलफल कार्यक्रममा विधेयकमा छ वटा सकारात्मक बुँदा रहेका जानकारी गराइएको हो ।

विधेयकमा नेपालको नागरिक आमाबाट विदेशमा जन्म भई नेपालमा बसोबास गरेको, विदेशको नागरिकता वा राहदानी नलिएको र बाबुको पहिचान नभएको व्यक्तिले तोकिएबमोजिम स्वःघोषणा गरेमा अङ्गीकृत नेपाली नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।

नेपाली नागरिकताको प्रमाणपत्रमा र कुनै व्यक्तिले नागरिकताको प्रमाणपत्रमा बाबुको नाम, थर, ठेगाना उल्लेख गर्न नचाहेको भनी निवेदन दिएमा त्यस्तो व्यक्तिलाई दिइने नेपाली नागरिकताको प्रमाणपत्रमा बाबुको नाम, थर तथा ठेगाना उल्लेख हुनुपर्ने स्थानमा कुनै व्यहोरा उल्लेख नगरी दिनुपर्ने व्यवस्था पनि सकारात्मक रहेको वरिष्ठ अधिवक्ता मीरा ढुङ्गानाले बताउनुभयो ।

सोह्र वर्ष उमेर पूरा नभएको र बाबु वा आमामध्ये कम्तीमा एक जना नेपाली नागरिक रहेकालाई अधिकारीले तोकिएबमोजिम नाबालक परिचयपत्र प्रदान गर्नसक्ने व्यवस्था विधेयकमा गरिनु पनि सकारात्मक रहेको मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले उल्लेख गर्नुभयो ।

निवेदकले नेपाली नागरिकताको प्रमाणपत्रमा बाबुको नाम, थर, ठेगाना उल्लेख गर्न नचाहेको भनी निवेदन दिएमा सोहीअनुसार व्यवस्था मिलाउनुपर्ने व्यवस्था विधेयकमा गरिएको छ । प्रस्तावित संशोधित विधेयकबाट लामो समयसम्म नेपाली आमाबाट सहज रूपमा नागरिकता प्राप्त गर्न नसक्नेले अब राहत पाउने आशा गरिएको अधिवक्ता विनोदचन्द्र देवकोटाले बताउनुभयो ।

संविधानसभाबाट निर्मित नेपालको संविधान, २०७२ ले प्रदान गरेको मौलिक हकमध्ये नागरिकता प्राप्त गर्ने हक धारा ११ मा सुनिश्चित गरिएको छ । विभिन्न व्यावहारिक कठिनाइका कारण कैयौँ नेपाली अनागरिक हुनुपर्ने बाध्यता रहेको छ ।

सर्वोच्च अदालतबाट प्रतिपादित नजिरहरू स्वेता श्रीवास्तवविरुद्ध जिल्ला प्रशासन कार्यालय भएको रिट निवेदन, निवेदक सुरज घिमिरे रहेको परमादेश, सविना दमाईंविरुद्ध सरकार भएको मुद्दा, निवेदक कृष्टिना महर्जन भएको मुद्दा, निवेदक रुबी बस्नेत भएको रिट निवेदनको फैसलालाई समेट्दै तथा सरकारले अनुमोदन गरेको महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धिलगायत अन्तर्राष्ट्रिय सन्धि सम्झौताको मर्मसमेत आत्मसात गर्दै नेपाल नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन हुन लागेको मञ्चले जनाएको छ ।

सरकारले सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभामा दर्ता गराएको विधेयकलाई नागरिकता अधिकारका लागि नागरिक समाज सञ्जालले हार्दिक स्वागत गर्दै आभार प्रकट गरेको छ । सञ्जालका एक दर्जन बढी संस्थाले आज संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै उक्त विधेयकमा भएका व्यवस्थाको स्वागत गरेका अधिवक्ता सन्तोष चौधरीले जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इरानको निशानामा अमेरिकी अर्थमन्त्री, सुरक्षाका लागि सैनिक बेसमा आश्रय
२०८३ कार्तिक २५, बुधबार
जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छः परराष्ट्रमन्त्री खनाल (अन्तवार्ता)
२०८३ कार्तिक २५, बुधबार
विश्वकप तयारीमा नेपाली यू–१९ महिला टोली, भारतसँग टी–२० शृङ्खला खेल्ने
२०८३ कार्तिक २५, बुधबार
Minister Wagle wants special financial package for vulnerable countries
२०८३ कार्तिक २५, बुधबार
विश्वासको मत लिन मधेसका मुख्यमन्त्री यादवले बोलाए प्रदेशसभा बैठक
२०८३ कार्तिक २५, बुधबार
रुसका लागि जासुसी गरेको आरोपमा बेलायतमा अमेरिकी सैनिक पक्राउ
२०८३ कार्तिक २५, बुधबार
CM Yadav to seek vote of confidence on November 14
२०८३ कार्तिक २५, बुधबार