माघ २८, २०८१ सोमबार February 10, 2025

लुम्बिनी प्रदेशको स्थापना दिवस मनाइँदै, प्रदेशमा सार्वजनिक बिदा

राप्ती उपत्यका देउखुरीमा औपचारिक कार्यक्रम हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तुलसीपुर, २१ माघ : लुम्बिनी प्रदेशले आज आफ्नो स्थापना दिवस मनाउँदैछ ।

प्रदेश स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा औपचारिक कार्यक्रम गरी स्थापना दिवस मनाउन लागेको स्थापना दिवसका मूल समारोह समितिका सदस्य सचिव रेखा कँडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार  स्थापना दिवसको अवसरमा प्रदेशमा सार्वजनिक बिदासमेत दिइएको छ । लुम्बिनीमा २१ माघमा प्रदेशसभा स्थापना भएकाले सोही दिन नै प्रदेश स्थापना दिवसका रुपमा मनाउने गरिन्छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया