माघ २८, २०८१ सोमबार February 10, 2025

बढुवा भएका ३७ प्रहरी उपरीक्षकहरूलाई दर्ज्यानी चिह्न प्रदान

प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका ३७ जना प्रहरी उपरीक्षकहरूले पाए दर्ज्यानी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाणण्डौंः प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका ३७ जना प्रहरी उपरीक्षकहरू दर्ज्यानी चिह्न प्रदान गरिएको छ। माघ २० गते गृह मन्त्रालयका सचिवस्तरको बैठकको निर्णयअनुसार प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका ३७ जना प्रहरी उपरीक्षकहरू दर्ज्यानी चिह्न प्रदान गरिएको हो।

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

दर्ज्यानी चिह्नद्वारा पाउनेहरूमा प्रहरी उपरीक्षकहरू कुलदिप चन्द, सुमित खड्का, ठाकुर प्रसाद पोखरेल, मनोहर प्रसाद भट्ट, दिपक गिरी, नबिन कृष्ण भण्डारी, तिलक भारती, केशबकुमार थेबे, सुर्यबहादुर खड्का, दिपक श्रेष्ठ, प्रेमबहादुर शाही, टेकबहादुर कार्की क्षेत्री, फणिन्द्र प्रसाई, शरतकुमार थापा क्षेत्री, युवराज खड्का, राजन चापागांई, किशोरकुमार श्रेष्ठ, मुकुन्दप्रसाद रिजाल,  पवनकुमार भट्टराई, रविन्द्र नाथ पौडेल, दानबहादुर थापा, सुदिप राज पाठक, निशान थापा, कबित कटुवाल, रामेश्वर पौडेल, रूकेश तण्डुकार, दधिराम न्यौपाने, नबिन कार्की, श्यामकुमार सारुमगर, नरेन्द्र कुँवर, नारायणप्रसाद अधिकारी, भेषराज रिजाल, निर्मल बुढाथोकी, नवराज मल्ल, डिल्ली नारायण पाण्डेय, लालध्वज सुवेदी र रूगमबहादुर कुँवर रहेका छन्।

समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिह्नद्वारा सुशोभित भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे। पदोन्नतिसँगै पदीय दायित्व र जिम्मेवारी समेतको बढोत्तरी भएको चर्चा गर्दै व्यक्तिगत महत्वाकांक्षा र स्वार्थभन्दा माथि उठेर सांगठानिक मूल्य र मान्यतालाई प्राथमिकतामा राखेर अपराध रोकथाम, नियन्त्रण तथा अनुसन्धान, प्रभावकारी प्रहरी परिचालन एवम् जनमुखी सेवा प्रवाहको माध्यमबाट संगठनको साख वृद्धिमा प्रतिबद्ध भएर कार्यसम्पादन गर्न उनले निर्देशन दिए।

समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी उपरीक्षक कुलदिप चन्दले संगठनको वृहत्तर हितलाई केन्द्रमा राखि मन, वचन र कर्मले निष्ठापूर्वक प्राप्त जिम्मेवारीलाई वहन गर्ने प्रतिबद्धता व्यक्त गरे।

दर्ज्यानी चिह्न सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति रहेको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया