उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–४ बसाहामा जारी दशौं संस्करणको नारदमुनि थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगितामा झापा एघार फुटबल क्लब फाइनल प्रवेश गरेको छ ।
आज भएको दोस्रो सेमिफाइनल खेलमा एभरेष्ट फुटबल क्लब सुनसरीलाई १–० गोल अन्तरले पराजित गर्दै झापा एघार फुटबल क्लब झापा फाइनल प्रवेश गरेको हो ।
जितका लागि झापा एघारका जर्सी नम्बरका ९ प्रदीप बुढाथोकी खेलको पहिलो हाफको ६ मिनेटमै गोल गरेका थिए । प्रदीप बुढाथोकीले गरेको सुरुवाती चरणको गोल नै निर्णायक हुँदा झापा एघार फुटबल क्लब झापाले फाइनलका लागि स्थान पक्का गरेको हो । अब झापा एघारले फाइनलमा सलहेश फुटबल क्लब सिराहाको सामना गर्ने छ ।
दशौं संस्करणको नारदमुनि थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिताको फाइन खेल माघ २२ गते मङ्गलवार हुने आयोजकले जनाएको छ ।
आज भएको दोस्रो सेमिफाइनल खेलमा म्यान म्यान अफ दी म्याच झापा एघारका प्रदीप बुढाथोकी भए ।
प्रतियोगितामा विजेता टिमले नगद ५ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । प्रतियोगिताको उपविजेताले २ लाख २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । प्रतियोगिताको म्यान अफ द म्याचलाई ५ हजार प्रदान गरिने क्लबका अध्यक्ष गौतम राईले जानकारी दिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया