कार्तिक १४, २०८२ शुक्रबार October 31, 2025

बजेट खर्च बढाउने गरी काम गर्न प्रदेश प्रमुखको आग्रह

लक्ष्यअनुसार चालु आर्थिक वर्षको बजेट खर्च गर्न सबै निकाय गम्भीर भएर लाग्नुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सुर्खेत । कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीमा बजेट खर्च बढाउने गरी काम गर्न सुझाव दिनुभएको छ ।

कर्णाली प्रदेशसभाको सातौँ स्थापना दिवस–२०८१ को अवसरमा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा उहाँले लक्ष्यअनुसार चालु आर्थिक वर्षको बजेट खर्च गर्न सबै निकाय गम्भीर भएर लाग्न उहाँले आग्रह गर्नुभयो ।

उहाँले विकास सबैको साझा मुद्दा भएकाले एकताबद्ध भई जाँगरका साथ अगाडि बढे परिवर्तनको अनुभूति गराउन सकिने धारणा राख्नुभयो ।

प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कानुनी दायित्व सिर्जना भएका आयोजनामा प्रदेश सरकारले चालु आवमा ७० प्रतिशत बजेट विनियोजन गरेको बताउनुभयो । विगतका काममा ढिलाइ गरेका केही निर्माण व्यवसायीबाहेक सबै सम्पर्कमा आएर काम अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री राजकुमार शर्माले नेपाली जनताको त्याग र सङ्घर्षबाट प्राप्त संविधान र व्यवस्था कार्यान्वयनका लागि पनि साझा बुझाई आवश्यक भएको बताउनुभयो ।

कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङ र उपसभामुख यशोदा न्यौपाने प्रदेशसभाका सात वर्षमा भएका गतिविधि, सरकार, सदनबीच सम्बन्ध र उपलब्धिका विषयमा आफ्नो भनाइ राख्नुभयो । प्रदेश सकारका मन्त्रीहरू, प्रदेशसभा सदस्य, उच्च अदालत सुर्खेतका वरिष्ठ न्यायाधीश कृष्णलाल भट्टराई, कर्णाली प्रदेश सरकारका प्रमुख सचिव लोकनाथ पौड्याल लगायत सहभागी कार्यक्रम प्रदेशसभाको स्मारिका विमोचन गरिएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आयोग खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न दिएको आदेशलाई निरन्तरता
२०८२ कार्तिक १४, शुक्रबार
पुराना उपलब्धिको ग्रहण गर्दै सच्चिएर अघि बढ्नुपर्छ : उपसभापति वाग्ले
२०८२ कार्तिक १४, शुक्रबार
कोशी प्रदेशका मुख्य न्यायाधिवक्ताद्वारा वार्षिक प्रतिवेदन पेस
२०८२ कार्तिक १४, शुक्रबार
क्यान्सर अस्पतालमा शय्या पाउनै मुस्किल
२०८२ कार्तिक १४, शुक्रबार
अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षकलाई सम्पर्कमा आउन त्रिविको आग्रह
२०८२ कार्तिक १४, शुक्रबार
राष्ट्रपति पौडेल कात्तिक १७ गते कतार भ्रमणमा जाँदै
२०८२ कार्तिक १४, शुक्रबार
नेपाल वायु सेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट चयन गरिने
२०८२ कार्तिक १४, शुक्रबार