कार्तिक २५, २०८३ बुधबार November 11, 2026

कोशी प्रदेशका मुख्य न्यायाधिवक्ताद्वारा वार्षिक प्रतिवेदन पेस

कानुन कार्यान्वयनलाई प्राथमिकता दिन प्रदेश प्रमुखको आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मोरङ। कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ समक्ष कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले आज आठौँ वार्षिक प्रतिवेदन बुझाएको छ ।

प्रदेश प्रमुख खापुङलाई मुख्य न्यायाधिवक्ता नारायण बस्तीले मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार र सेवाका सर्तसम्बन्धी ऐन, २०७५ को दफा १२ को उपदफा (१) बमोजिम कार्यालयको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो ।

प्रदेश प्रमुख खापुङले प्रतिवेदन ग्रहण गर्दै जनताले न्याय पाएको अनुभूति गर्न सके मात्र समाजमा द्वन्द्व घट्दै जाने भएकाले कानुन कार्यान्वयनलाई प्राथमिकता दिन आग्रह गर्नुभयो । उहाँले सामाजिक सद्भाव र मेलमिलाप कायम गराउन जनताको न्यायमा पहुँच सहज हुनुपर्ने विचार राख्नुभयो ।

मुख्य न्यायधिवक्ता बस्तीले सो कार्यालयको प्रगति समीक्षा प्रस्तुत गर्नुभएको थियो । प्रदेश प्रमुखको कार्यालयका सचिवसहित कर्मचारीहरू र मुख्य न्यायधिवक्ताको कार्यालयका कर्मचारीको उपस्थिति रहेको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
थानीमाई मन्दिरमा एकै दिन भित्रिए ९१ डोली
२०८३ कार्तिक २५, बुधबार
Minister Timilsina calls for global support to rebuild disaster-hit communication infrastructure
२०८३ कार्तिक २५, बुधबार
राष्ट्रपति पौडेलले बहिनी शारदाबाट लगाए भाइटीका
२०८३ कार्तिक २५, बुधबार
ट्रम्पको बिबिसीविरुद्धको मुद्दा अघि बढ्ने
२०८३ कार्तिक २५, बुधबार
Bhai Tika strengthens bonds of love among siblings : PM Shah
२०८३ कार्तिक २५, बुधबार
धार्मिक, सामाजिक र सांस्कृतिक विविधताबीच सद्भाव कायम गर्न फाल्गुनन्दको योगदान : राष्ट्रपति पौडेल
२०८३ कार्तिक २५, बुधबार
विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तरराष्ट्रिय सहयोग आवश्यक : सञ्चारमन्त्री डा. तिमिल्सिना
२०८३ कार्तिक २५, बुधबार