कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

संविधानको मर्मअनुसार जिम्मेवार भएर काम गरौँ’ : प्रदेश प्रमुख भट्ट

नेपालको संविधान, संवैधानिक कार्यसूची, प्रचलित कानुन, सङ्घीयताको मर्मअनुसार नागरिकसामु जिम्मेवार भई काम गर्नुपर्ने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संविधानको मर्मअनुुसार जिम्मेवार भएर काम गर्नुुपर्नेमा जोड दिनुभएको छ ।

गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा आज गण्डकी प्रदेशसभा र गण्डकी प्रदेश सरकारद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा उहाँले नेपालको संविधान, संवैधानिक कार्यसूची, प्रचलित कानुन, सङ्घीयताको मर्मअनुसार नागरिकसामु जिम्मेवार भई काम गर्नुपर्ने बताउनुभयो ।

“नागरिकसामु जिम्मेवार भई उहाँहरूका अपेक्षा तथा चाहना गण्डकी प्रदेशसभा र गण्डकी प्रदेश सरकारले आ–आफ्ना कार्यक्षेत्रबाट पूर्ण प्रतिबद्ध रही पूरा गर्न सक्नुपर्छ । त्यसका लागि यस अवसरमा शुभेच्छा प्रकट गर्दछु”, उहाँले भन्नुभयो । प्रदेश स्थापनाको औचित्य प्रमाणित गर्न सरोकारवाला निकायले थप कसरत गर्नुपर्ने भन्दै उहाँले संवैधानिक अधिकारबमोजिम प्राप्त जिम्मेवारी कार्यान्वयनमा सङ्घीय सरकार तथा स्थानीय तहसँग समन्वय गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशसभा स्थापना दिवस र प्रदेश सरकार स्थापना दिवस फरक–फरक दिनमा मनाउने गरिएकोमा यस वर्षदेखि गण्डकी प्रदेश स्थापना दिवसको रूपमा आजको दिनलाई प्रदेशसभा र प्रदेश सरकारले सामूहिक मनाउने निर्णय गरिएको जानकारी दिनुभयो ।

संविधानले प्रदेश सरकारलाई सुव्यवस्था, विधि निर्माण र कार्यकारिणीसहित राजनीतिक, प्रशासनिक, वित्तीय हस्तान्तरण, सेवाप्रवाह, विकास एवं रोजगारीलगायत कार्यसूची नागरिकसामु वितरण गर्ने अभिभारा दिएको बताउँदै उहाँले लोकतन्त्र एवं सङ्घीय शासन प्रणालीअनुरूप व्यवस्थालाई सबलीकरणमार्फत सर्वसाधारणको जनजीवनमा सकारात्मक परिवर्तन ल्याउने मार्गमा गण्डकी प्रदेश सरकार दृढ सङ्कल्पित रहेको बताउनुभयो ।

विकास, नीति र सुशासनसहित जनविश्वास र भरोसालाई बढोत्तरी गर्दै नागरिकसामु देखिने, सुनिने र महसुस गर्नेगरी गण्डकी प्रदेश सरकारले आफूलाई स्थापित गर्ने मार्गमा अघि बढिरहेको मुख्यमन्त्रीको भनाइ छ ।

गण्डकी प्रदेशसभाका सभामुख कृष्णप्रसाद धितालले प्रदेशको औचित्यलाई पुष्टि गर्नेगरी काम गर्नुु आवश्यक रहेको बताउनुुभयो । पूर्वमुख्यमन्त्री एवं नेकपा (एमाले) संसदीय दलका नेता खगराज अधिकारीले प्रदेश स्थापनायता महत्त्वपूर्ण कामहरू भइरहेको बताउँदै यसलाई बलियो बनाउनेतर्फ लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता हरिबहादुर चुमान, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, प्रेस रजिष्ट्रार विमला भण्डारीलगायतले प्रदेशमा भइरहेका विकासका कार्यक्रमले जनतामा सकारात्मक सञ्चार प्रवाह भएको दावी गर्नुभयो ।

कार्यक्रममा प्रदेश स्थापना दिवसका अवसरमा आयोजित विभिन्न प्रतियोगिताका विजयीलाई पुरस्कृत गरिनुका साथै जातजातिका संस्कृति झल्काउने नृत्य प्रस्तुत गरिएको थियो । उक्त अवसरमा गण्डकी प्रदेश सरकारका उपलब्धि समेटिएको पुस्तक लोकार्पण गरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इरानको निशानामा अमेरिकी अर्थमन्त्री, सुरक्षाका लागि सैनिक बेसमा आश्रय
२०८३ कार्तिक २५, बुधबार
जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छः परराष्ट्रमन्त्री खनाल (अन्तवार्ता)
२०८३ कार्तिक २५, बुधबार
विश्वकप तयारीमा नेपाली यू–१९ महिला टोली, भारतसँग टी–२० शृङ्खला खेल्ने
२०८३ कार्तिक २५, बुधबार
Minister Wagle wants special financial package for vulnerable countries
२०८३ कार्तिक २५, बुधबार
विश्वासको मत लिन मधेसका मुख्यमन्त्री यादवले बोलाए प्रदेशसभा बैठक
२०८३ कार्तिक २५, बुधबार
रुसका लागि जासुसी गरेको आरोपमा बेलायतमा अमेरिकी सैनिक पक्राउ
२०८३ कार्तिक २५, बुधबार
CM Yadav to seek vote of confidence on November 14
२०८३ कार्तिक २५, बुधबार