कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाउने चितवन जिल्ला अदालतको आदेश

थुनछेक बहस नसकिएपछि जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासबाट न्यायिक हिरासतमा पठाउने आदेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः  चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाउने आदेश दिएको छ।  बुधबार उनको थुनछेक बहस नसकिएपछि जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासले न्यायिक हिरासतमा पठाउने आदेश गरेको हो।

लामिछाने बुधबार बिहान अदालतमा उपस्थित भएका थिए। सहारा चितवन सहकारीको रकम अपचलन र ठगी गरेको अभियोगमा मंगलबार जिल्ला सरकारी वकिलको कार्यालय चितवनले पूर्वगृहमन्त्री रविविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।

यसअघि सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा रुपन्देही जिल्ला अदालतले लामिछानेलाई परिवारको जिम्मा दिँदै अदालतमा उपस्थित हुने सर्तमा छाडेका थिए। पछि थुनछेक बहसबाट धरौटीमा छाडिएको थियो।

लामिछानेले तीन वटा जिल्ला अदालतबाट धरौटी रकम बुझाए रिहा भएका छन्। काठमाडौँ, पोखरा र रूपन्देही जिल्ला अदालतमा धरौटीमा रिहा भएका रविले २ करोड २५ लाख रुपैयाँ धरौटी बुझाइ सकेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इरानको निशानामा अमेरिकी अर्थमन्त्री, सुरक्षाका लागि सैनिक बेसमा आश्रय
२०८३ कार्तिक २५, बुधबार
जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छः परराष्ट्रमन्त्री खनाल (अन्तवार्ता)
२०८३ कार्तिक २५, बुधबार
विश्वकप तयारीमा नेपाली यू–१९ महिला टोली, भारतसँग टी–२० शृङ्खला खेल्ने
२०८३ कार्तिक २५, बुधबार
Minister Wagle wants special financial package for vulnerable countries
२०८३ कार्तिक २५, बुधबार
विश्वासको मत लिन मधेसका मुख्यमन्त्री यादवले बोलाए प्रदेशसभा बैठक
२०८३ कार्तिक २५, बुधबार
रुसका लागि जासुसी गरेको आरोपमा बेलायतमा अमेरिकी सैनिक पक्राउ
२०८३ कार्तिक २५, बुधबार
CM Yadav to seek vote of confidence on November 14
२०८३ कार्तिक २५, बुधबार