असार २८, २०८२ शनिबार July 12, 2025

नेपालका यी ६ जिल्ला कोरोना संक्रमणबाट मुक्त भए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपालमा कोरोना संक्रमीतको संख्या बढ्दै गएपनि निको हुनेको संख्या पनि क्रमश बढी नै रहेको छ ।   त्यसैक्रममा शनिवार आज पनि थप ९३ जनाले कोरोना  जितेर घर फर्किएका छन् ।

हालसम्म नेपालमा कोरोना भाईरसलाई जितेर घर फर्कनेको संख्या १४ हजार ४ सय ९२ पुगेको छ । यस्तै हालसम्म नेपालका ६ वटा जिल्ला कोरोनामुक्त भइसकेका छन् । कोरोनाबाट मुक्त भएका जिल्लामा भोजपुर, संखुवासभा, रसुवा, काभ्रे, मनाङ र मुस्ताङ रहेका छन् ।

यी जिल्लामा कोरोना देखिएपनि निको भएर घर फर्किसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ८६ पुगेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया