काठमाडौंः त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा प्रा.डा. सुवासप्रसाद आचार्य र महाराजगञ्ज चिकित्सा क्याम्पसको क्याम्पस प्रमुखमा प्रा.डा. सुरेश उप्रेती नियुक्त हुनुभएको छ ।
छनोट समितिले दिएको सिफारिसमा आचार्य र उप्रेतीलाई नियुक्त गरिएको हो ।
कार्यकारी निर्देशक छनोटका लागि गठित समितिले प्रारम्भिक चरणमा चार जनालाई छनोट गरेको थियो । जसमा प्रारम्भिक सूचीमा प्रा.डा घनश्याम गुरुङ, प्राडा नरमाया थापा सह प्रा डा गोपाल सेडाईं, र प्रा डा सुवासप्रसाद आचार्यलाई छनोट गरेको थियो ।
त्यस्तै, महाराजगन्ज चिकित्सा क्याम्पसको प्रमुखका लागि प्रारम्भिक चरणमा ५ जना छनोटमा परेका थिए ।
डीन कार्यालयका अनुसार क्याम्पस प्रमुखका लागि मिनु चौधरी, योगेन्द्रमान शाक्य, रमेशसिंह भण्डारी, सुरेश उप्रेती र संघरत्न बज्राचार्य उहाँहरूको कार्यकाल ४ वर्ष रहने छ ।
त्रिविमा नियुक्तिका आधार र मापदण्ड सम्बन्धी विनियम २०८१ को आधारमा कार्यकारी निर्देशकको नियुक्ति गर्ने व्यवस्था छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया