असार २६, २०८२ बिहिबार July 10, 2025

विदेशिदै नेपाली चिकित्सक

मेडिकल काउन्सिलको तथ्यांकले पनि बर्सेनि विदेश पलायन हुने नेपाली चिकित्सकको संख्या बढ्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं- नेपालमा स्वास्थ्य सेवाको स्तर सुधार गर्ने प्रयास जारी भएपनि चिकित्सकहरूको लागि राम्रो आम्दानी र उच्च स्तरको विशेषज्ञता अभ्यास गर्नका लागि आवश्यक श्रोत साधनको अभाव रहेको छ ।

आफ्नो विशेषज्ञताको उचित प्रयोग गर्न नपाउँदा र अध्ययनका लागि गरेको खर्चअनुसारको आम्दानी पनि नहुँदा नेपालमा पढेका अधिकांश चिकित्सक विदेश जाने प्रवृत्ति बढेको छ ।

नेपालमा चिकित्सक बन्न स्नातक तहमा पाँच वर्ष ६ महिना अध्ययन गर्नुपर्छ । त्यसपछि स्नातकोत्तर तहका लागि डिएम र एमसीएच तहका लागि तीन-तीन वर्ष अध्ययन गर्नुपर्छ ।

स्नातक तहभन्दा माथि अध्ययन गर्न चाहिने कार्य अनुभवको कारण अध्ययन पूरा गर्दा नै धेरै चिकित्सकको उमेर ४० वर्ष लागेको हुन्छ । नेपाली चिकित्सकको आधाभन्दा धेरै जीवन अध्ययनमै बित्ने गर्छ ।

तर, जीवनको १२/ १५ वर्ष र करोड रुपैयाँ खर्चेर पढेपछि जागिरको राम्रो अवसर नहुने र भैहाले पनि सेवा सुविधा कम हुने हुँदा चिकित्सकको आकर्षण नै विदेश बन्न लागेको चिकित्साशास्त्र अध्ययन संस्थानका स्वतन्त्र विद्यार्थी संघका अध्यक्ष तथा इन्टर्न डाक्टर आनन्द सिंह बताउनुहुन्छ ।

यससँगै नेपालमा अझै पनि विशेषज्ञ सेवा दिनसक्ने उपकरण र अस्पताल धेरै छैनन् । विशेषज्ञ सेवाका लागि आवश्यक उपकरणहरु सबै ठाउँमा नपुगिसकेको अवस्था छ ।

थोरै आम्दानीमा पनि सेवा दिन्छु भन्ने चिकित्सकहरु पनि पछिल्लो समय भविष्यको डरले विदेश जाने क्रम बढिहेको राष्ट्रिय आवासीय चिकित्सक संघका अध्यक्ष डाक्टर उत्तम चौलागाई बताउनुहुन्छ ।

नेपाल मेडिकल काउन्सिलको तथ्यांकले पनि बर्सेनि विदेश पलायन हुने नेपाली चिकित्सकको संख्या बढ्दै गएको देखाउँछ । विदेशमा अध्ययन वा काम गर्नका लागि नेपाल मेडिकल काउन्सिलबाट असल चारित्रिक प्रमाणपत्र लिनुपर्छ ।

सन् २०२३ मा दुई हजार ३१८, २०२२ मा एक हजार ९५४, २०२१ मा एक हजार ३२७ र २०२० मा ८६९ जनाले त्यस्तो प्रमाणपत्र लिएको नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डाक्टर सतिस कुमार देव बताउनुहुन्छ ।

विदेशी नियामक निकायमा दर्ता हुन आवश्यक पर्ने प्रमाणपत्र लिएका सबै व्यक्ति विदेश नै जान्छन् भन्ने चाहिँ नहुने उहाँको भनाइ छ । प्रमाणपत्र लिएका मध्ये ठ्याक्कै यतिजना विदेश गएका छन् भन्ने काउन्सिलसँग एकिन तथ्यांक भने छैन । तर प्रमाणपत्र लिएकामध्ये ७० प्रतिशतभन्दा बढी विदेश गएको हुने अनुमान छ ।

केही दिन अगाडी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव डा. टंक बाराकोटीको संयोजकत्वमा बनेको चिकित्सक तथा स्वास्थ्यकर्मीको सेवा सुविधा सुधारसम्बन्धी अध्ययन कार्यदलले बुझाएको पतिवेदनमा पनि अध्ययन सकाएपछि अधिकांश चिकित्सक विदेश जाने योजना बनाएको पाइएको छ ।

मन्त्रालयले महाराजगन्ज मेडिकल क्याम्पस, त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान आइओएममा अध्ययन गरेका प्राय सबै चिकित्सकले अध्ययन सकिएपछि विदेश जाने योजना बनाएको देखाएको हो ।

न्यून तलब सुविधा र सम्मानित कामको अभाव, अध्ययन अनुसन्धान र वृत्ति विकासको अभाव, स्वास्थ्य संस्थामा घटिरहने हिंसाका घटना, परिष्कृत स्वास्थ्य संस्थाको अभावले गर्दा नेपाली चिकित्सक विदेशीने देखिएको छ ।

त्यसैले सरकारले विदेशबाट दक्ष जनशक्ति फर्काउन सक्ने र टिकाइ राख्ने गरी सामाजिक, आर्थिक, राजनैतिक र सुरक्षाको प्रत्याभूति र बाँच्न पुग्ने सेवा–सुविधा वृद्धि गर्नुपर्ने विज्ञहरुको सुझाव छ । एनटीभी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार