असार २६, २०८२ बिहिबार July 10, 2025

स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रले पुर्‍याएको योगदान महत्त्वपूर्ण: अर्थमन्त्री पौडेल

यलासिस सेवाले सर्वसाधारणमा थप सहयोग पुर्‍याउने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले स्वास्थ्य क्षेत्रमा गरिरहेको सेवा सुविधाको प्रयासमा निजी क्षेत्रले पुर्‍याएको योगदान महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।

नेपाल नेस्नल हस्पिटल कलङ्कीमा आजदेखी सुरु भएको मृगौला रोगीहरूको लागी डायलासीस सेवाको उद्घाटन गर्नुहुँदै उहाँले डायलासिस सेवाले सर्वसाधारणमा थप सहयोग पुर्‍याउने बताउनुभयो ।

बिगत ७ वर्षदेखि स्वास्थ्य सेवा पुर्‍याउँदै आएको सो अस्पतालमा नवजात शिशुका लागी अत्याधुनिक स्वास्थ्य सेवा लगायत सुविधा सम्पन्न डायलासीस सेवाले गर्दा यस क्षेत्रका सबै मृगौला पीडितहरूका लागी सर्वसुलभ सेवा पुर्‍याउने अपेक्षा गरिएको अस्पतालका मेडिकल डाइरेक्टर डा. प्रकाश पौडेलले जानकारी दिनुभयो ।

डायलासीस सेवाको उद्घाटन समारोहमा पाटन उच्च अदालतका न्यायाधीश कृष्णराम कोइराला, चीन सरकारका लागी नेपालका पूर्व राजदूत बिष्णु पुकार श्रेष्ठ, लगायत स्वास्थ्य क्षेत्रमा कार्यरत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार