असार २६, २०८२ बिहिबार July 10, 2025

आहा ! रारा पोखरा गोल्डकप : सङ्कटा क्लब थण्डर बोल्डसँग पराजित

प्रतियोगितामा शनिबारदेखी क्वाटरफाइनलका खेलहरु सञ्चालन हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कास्की, २५ माघ : पोखरामा जारी राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगितामा पाहुना टोली भारत सिक्किमको थण्डर बोल्ड नर्थ युनाइटेड क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रङ्गशालामा आज भएको खेलमा प्रतियोगिताको तीन पटकको च्याम्पियन सङ्कटा फुटबल क्लबलाई ३–१ गोलले पराजित गर्दै पाहुना टोली थण्डर बोल्डले प्रतियोगिताको अन्तिम आठमा स्थान बनाउन सफल भयो ।

खेलको १७औँ मिनेटमा सङ्कटाका मनिष पौडेलले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको २४औँ मिनेटमा थण्डर बोल्टले गोल फर्काउँदै खेल बराबरीमा ल्याउन सफल भयो ।

सङ्कटाका पौडेलले डी बक्सभित्रबाट पासाङ लामाको पासलाई सदुपयोग गर्दै गोल गरका थिए । थण्डर बोल्टले भने पेनाल्टीमा गोल ग-यो । थन्डरका टालाले पेनाल्टीलाई सहजै गोलमा परिणत गरे । करन राईलाई लडाएपछि थण्डरले पेनाल्टीको मौका पाएको थियो ।

खेलको ७७औँ मिनेटमा थण्डरका करन राईले टिमका लागि दोस्रो गोल गरे । खेलमा फर्किन संघर्ष गरिरहेको सङ्कटाले ८४औँ मिनेटमा पुनः अर्को गोल खायो । थण्डरका आदर्श तामाङले विपक्षी टिमका किपर डिबक्सबाट बाहिर रहेको अवस्थामा मैदानको मध्यभागबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।

प्रतियोगितामा शनिबारदेखी क्वाटरफाइनलका खेलहरु सञ्चालन हुनेछन् । पाहुना टोली ब्रिगेड ब्वाइज क्लब यूके र विभागिय टोली नेपाल पुलिस क्लबबीच पहिलो क्वाटरफाइनल खेल हुनेछ । २४औँ संस्करणको आहा रारा पोखरा गोल्डकपमा नेपालका नौ र तीन विदेशी गरी १२ टोलीले सहभागिता जनाएका छन् ।

प्रतियोगिताको विजेताले नगद रु १२ लाख सहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्दा उपविजेताले रु छ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् ।

यसैगरी प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले स्कुटर पुरस्कार प्राप्त गर्ने छ । प्रतियोगितामा विधागत रूपमा सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले रु २५ हजार नगदसँगै ट्रफी पुरस्कार पाउने र फेयर प्लेको रूपमा एक टोलीलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली काँग्रेस खोटाङका सभापति विष्णुकुमार राई एक वर्षका लागि पार्टी सदस्यताबाट निष्कासित
२०८२ असार २६, बिहिबार
आज बिहिबार कस्तो रहला तपाँइको दैनिक राशिफल
२०८२ असार २६, बिहिबार
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार