चैत्र २, २०८१ शनिबार March 15, 2025

हाङथूम कप फुटबलः फाइनलमा रामेछाप र सुनसरी भिड्दै

प्रतियोगिताको फाइनलमा रामेछाप र सुनसरी बिच प्रतिस्पर्धा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

संखुवासभा । सङ्खुवासभाको मादी नगरपालिका–३ मुलखर्कमा जारी ४६ औं आमन्त्रित हाङथुम कप पुरुष फुटबल प्रतियोगिताको उपाधिका लागि रामेछाप र सुनसरी बीच भोलि शनिबार फाईनलमा भिडने भएको छ । मुलखर्क रङ्गशालामा आज भएको प्रतियोगितामा रामेछापको लिखुभुजी युवा क्लव र सुनसरीको सृजना युवा क्लव धरानले ४६ औ हाङथुम क्लवको फाइनलको यात्रा तय गरेका छन् । प्रतियोगिताको फाइनलमा रामेछाप र सुनसरी बिच प्रतिस्पर्धा हुनेछ ।

आज भएको पहिलो खेलमा सुनसरीको सृजना युवा क्लव धरानले झापाको चुलाचुली स्पोटिङ क्लवलाई शुन्यका विरुद्ध १ गोलले हराउँदै फाइनलको यात्रा तय गरेको हो । शुक्रबार भएको खेलमा सुनसरीको सृजना युवा क्लवको तर्फबाट दोश्रो हाफको २२ औ मिनेटमा पियङक राईले गोल गरेका थिए । पियङकको एकमात्रै गोलले सुनसरीलाई फाइनलको यात्रामा पुर्याएको हो ।

खेलमा विवाद आएपछि केहीबेर खेल रोकिएको र झापाको चुलाचुलीले मैदान छाडेपछि रेफ्रिले सुनसरीलाई विजयी घोषणा गरेका थिए । त्यस्तै गरी आज भएको दोस्रो खेलमा रामेछापको लिखुभुजी युवा क्लवले धनकुटाको डाँडा बजार युवा क्लवलाई शुन्यका विरुद्ध ४ गोल अन्तरले हराउँदै फाइनल यात्रा तय गरेको हो । धनकुटाको तर्फबाट सन्दिप लिम्बुले दोश्रो हापको ७ औ मिनेटमा गरेको गोलले सेमिफाईनलको यात्रामा पुर्याएको हो ।

रामेछापको लिखुभुजीको तर्फबाट मनविच गुरुङले ६ औँ मिनेटमा १ गोल गर्दै खेललाई अग्रता दिलाएका थिए । मनविच गुरुङले १७ औँ मिनेटमा पुन ः १ गोल गरेका थिए । त्यस्तै प्रविश जिमीले ५७ औं मिनेट १ गोल र अतिरिक्त समयमा प्रविण सुनुवारले १ गोल गर्दै रामेछापलाई फाइनलको यात्रामा पुर्याएका थिए ।

प्रतियोगिताका विजेताले २ लाख २० हजार २ सय रुपैयाँ र उपविजेताले १ लाख १० हजार १ सय रुपैयाँ पाउनेछन् । प्रतियोगितामा झापा, धनकुटा, सुनसरी, रामेछाप र सङ्खुवासभाका गरी ८ टिम सहभागी रहेको हाङथुम क्लबका अध्यक्ष असिम जिमीले बताए ।

प्रतियोगिताको फाइनल भोली माघ २६ गते १ बजे मादि नगरपालिका ३ मूलखर्कमा हुनेछ । हाङथुम क्लवले फुटबल खेलको विकास, आधुनिकीकरण र खेलाडीको व्यावासीकरण गर्ने उद्देश्यले २०३५ सालदेखि निरन्तर फुटबल प्रतियोगिता गर्दै आएको छ । राजधानी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया