मंग्सिर २४, २०८२ बुधबार December 10, 2025

दिलीप राणा स्मृति अन्तर्राष्ट्रिय भेट्रान फुटबल माघ २८ देखि

प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले १० हजार तथा विधागत उत्कृष्टले जनही पाँच हजार रुपैयाँ प्राप्त गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चितवन । छैटौँ स्वर्गीय दिलीप राणा स्मृति ८ ए साइड अन्तर्राष्ट्रिय आमन्त्रण भेट्रान फुटबल प्रतियोगिता माघ २८ गतेबाट हुने भएको छ ।

चितवन भेट्रान फुटबल क्लबको आयोजनामा हुने प्रतियोगिता फागुन ३ गतेसम्म चल्नेछ । भरतपुर ७ कृष्णपुर खेल मैदानमा हुने प्रतियोगितामा १६ टोली सहभागी हुने पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।

प्रतियोगितामा १५ स्वदेशी तथा एक भारतीय टिम सहभागी हुने संयोजक हरिप्रसाद भट्टले बताए । प्रतियोगिताको विजेताले ट्रफीसहित एक लाख ५० हजार रुपैयाँ तथा दोस्रो हुने टिमले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले १० हजार तथा विधागत उत्कृष्टले जनही पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिता सम्पन्न गर्न स्वर्गीय दिलीप राणाका छोरा अभिनव राणा, भरतपुर महानगरपालिकालगायतले आर्थिक सहयोग गरेको क्लबका अध्यक्ष रविन्द्रकुमार श्रेष्ठले जानकारी दिए । खेलप्रेमी स्वर्गीय राणाको सम्झनामा हरेक वर्ष भेट्रान कप हुँदै आएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
थाइल्यान्डसँगको सीमा विवाद बढ्दै गएपछि एक लाखभन्दा बढी कम्बोडियाली विस्थापित
२०८२ मंग्सिर २४, बुधबार
युइएफए च्याम्पियन्स लिग : बार्सिलोना र लिभरपुल विजयी
२०८२ मंग्सिर २४, बुधबार
नेकपा (क्रान्तिकारी केन्द्र), बोल्सेविक र रेडफोर्स नेपाल पार्टीबीच एकता
२०८२ मंग्सिर २४, बुधबार
एमालेमा नेतृत्व हस्तान्तर र रुपान्तरण अपरिहार्य – गोकर्ण विष्ट
२०८२ मंग्सिर २४, बुधबार
भगवतीमाई गाउँपालिकाका तीन वडामा खानेपानी सुविधा
२०८२ मंग्सिर २४, बुधबार
‘बर्थिङ सेन्टर’ त छ टाढा छ, गर्भवतीलाई ‘स्ट्रेचर’मा लैजानुपर्छ, बोक्ने पुरुष पाइन्न
२०८२ मंग्सिर २४, बुधबार
नेप्से ७.८६ अंकले ओरालो, कारोबार रकम पनि हल्का घट्यो
२०८२ मंग्सिर २४, बुधबार