असार २५, २०८२ बुधबार July 9, 2025

दोगडाकेदारमा आधारभूत अस्पताल निर्माण अन्तिम चरणमा

यस वर्षको अन्तिमसम्म यसलाई पूर्ण रूपमा सम्पन्न गर्ने लक्ष्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बैतडी, २७ माघः दोगडाकेदार गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल भवन निर्माण अन्तिम चरणमा पुगेको छ । दोगडाकेदार–६ सित्तडमा निर्माण भइरहेको अस्पताल निर्माणको काम ९० प्रतिशत पूरा भएको र अन्तिम चरणमा पुगेको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले जानकारी दिनुभयोे ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट १० शय्याको अस्पताल निर्माणका लागि आवश्यक बजेट र कार्यक्रम प्राप्त भएअनुसार २०७८ सालको जेठ ३ मा अस्पताल निर्माणको ठेक्का सम्झौता भएको थियो । अब यो कार्य अन्तिम चरणमा पुगेको छ । यस वर्षको अन्तिमसम्म यसलाई पूर्ण रूपमा सम्पन्न गर्ने लक्ष्य राखिएको स्वास्थ्य शाखा प्रमुख नाथले बताउनुभयो ।

अस्पताल निर्माणको कूल लागत अनुमानित रु १४ करोड ६८ लाख २९ हजार छ सय ६५ रहेको र ठेक्का सम्झौतामा रु आठ करोड ५१ लाख ४६ हजार सात सय ३० तोकिएको थियो । हालसम्म रु सात करोड ८८ लाख ७२ हजार पाँच सय १७ रकम निकासा भइसकेको छ भने रु सात करोड ५१ लाख ९२ हजार छ सय १७ खर्च गरिएको छ । दुई करोड २२ लाख ४८ हजार नौ सय ६८ रकमको अतिरिक्त माग गरिएको छ ।

यसका साथै, दोगडाकेदार अस्पतालका लागि अत्याधुनिक स्वास्थ्य उपकरणको माग गरिएको छ । अस्पतालको सञ्चालन र सुविधाका लागि डिजिटल एक्स–रे मेसिन (५०० एमए), युएसजी । उपकरण (कलर डोप्टर), सी बी सी मेसिन, एनालाइजर र माइक्रोस्कोप (सी एक्स ३३ कोलम्पस) जस्ता अत्यावश्यक उपकरणहरूको सूची तयार गरेर स्वास्थ्य सेवा विभागलाई पत्राचार गरिएको छ ।

स्वास्थ्य सेवा पहिलो प्राथमिकतामा रहेको बताउँदै दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्कीले प्रत्येक नागरिकलाई सस्तो, सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नागरिकले गाउँमै सहज र सुलभ रुपमा स्वास्थ्य सेवा दिने हाम्रो लक्ष्य छ । त्यहीअनुरुप स्वास्थ्यसम्बन्धी विभिन्न काम गाउँपालिकाले गरिरहेको छ ।” रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार