चैत्र २, २०८१ शनिबार March 15, 2025

पूर्वराजा ज्ञानेन्द्र शाहलाई पोखरामा भव्य स्वागत

करिब दुई साताका पोखराका शक्तिपिठहरुको अध्ययन अवलोकन गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई पोखरामा स्वागत गरिएको छ । आज (आइतबार) परिवारका सदस्य सहित समिट एयरको चार्टर जहाजबाट पोखरा आउनु भएको पूर्व राजा ज्ञानेन्द्रलाई पोखरामा विभिन्न संघ संस्थाले पोखरा विमानस्थलमा स्वागत गर्नु भएको हो ।

पूर्व राजाका समर्थितहरूले ‘राजा आऊ देश बचाउ’, ‘हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ,’  भन्ने नारा लगाउँदै पूर्वराजाको जय जयकार गर्नु भएको थियो ।

पूर्व राजा शाह आज रुपाकोट रिसोर्टमा बस्नु भएको श्रोतको दाबी छ । सोमबारदेखि  शाहको शक्तिपीठ भ्रमणको तालिका रहेको छ भने उहाँ करिब दुई साताका पोखराका शक्तिपिठहरुको अध्ययन अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

पूर्वराजा शाह विमानस्थलमा उत्रिए लगत्तै उहाँका समर्थकहरूले राजतन्त्रको पक्षमा नारा लगाउँदै समेत गर्नु भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया