असार २५, २०८२ बुधबार July 9, 2025

सर्लाहीमा ६५ प्रतिशत किशोरीलाई एचपीभी खोप प्रदान

माघ २३ गते देखि सञ्चालन भएको अभियानमा हालसम्म १८ हजार जना किशोरीले खोप लगाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सर्लाही । सर्लाहीमा मानव पेपिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप अभियान अन्तर्गत ५ दिनमा लक्ष्यको ६५ प्रतिशत किशोरीलाई खोप लगाइएको छ । स्वास्थ्य कार्यालय सर्लाहीका अनुसार माघ २३ गते देखि सञ्चालन भएको अभियानमा हालसम्म १८ हजार जना किशोरीले खोप प्राप्त गरेका छन् ।

स्वास्थ्यकर्मी, विद्यालय, अभिभावक र स्थानीय निकायको सहकार्यमा खोप अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गरिएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत सुशील झाले जानकारी दिनुभयो । स्वास्थ्यकर्मीहरू विद्यालयमै गएर खोप लगाइरहेका छन् भने अभिभावकहरूलाई सचेतनामूलक कार्यक्रममार्फत जानकारी प्रदान गरिएको छ ।

सर्लाहीमा ५१ हजार ७ सय २४ जना किशोरीलाई क्यान्सर विरुद्धको खोप लगाइँदै छ । सर्लाहीको २० पालिकामा मध्ये पहिलो चरणमा १० पालिकामा क्यान्सर विरुद्धको खोप सुरु भएको हो । लालबन्दी, ईश्वरपुर, चन्द्रनगर, ब्रह्म्पुरी, पर्सा, हरिपुर्वा, मलंगवा, कौडेना, हरिपुर र कविलासी लगायतको पालिकामा एकै साथ क्यान्सर विरुद्धको एचपिभी खोप सुरु गरिएको स्वास्थ्य कार्यालय मलंगवाले जनाएको छ ।

स्वास्थ्य कार्यालयका प्रमुख नवल किशोर झाले फाल्गुन १ देखि ७ गते सम्म दोस्रो चरणको खोप बाँकी रहेको १० पालिकामा लगाइने बताउनुभयो । मानव पेपिलोमा भाइरस पाठेघरको मुखको क्यान्सरको प्रमुख कारणमध्ये एक भएकाले यसबाट जोगिन एचपीभी खोप प्रभावकारी उपाय मानिन्छ । विश्व स्वास्थ्य सङ्गठनले पनि किशोरीहरूलाई यो खोप लगाउन सिफारिस गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार