असोज ७, २०८३ बुधबार September 23, 2026

त्रिविविमा तालाबन्दी खुलाउन उच्च अदालतको अन्तरिम आदेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः उच्च अदालत पाटनले त्रिभुवन विश्वविद्यालयमा गरिएको तालाबन्दी खुलाउन अन्तरिम आदेश दिएको छ ।

आईतबार न्यायधीश रामबहादुर थापाको एकल इजलासले स्थानीय प्रशासन ऐन २०२८ अनुसार शिक्षण संस्थामा तालाबन्दी जस्ता कुनै पनि अवरोध पुर्‍याउन नहुने भन्दै अन्तरिम आदेश जारी गरेको हो ।

जारी आदेशमा विश्वविद्यालयको केन्द्रीय कार्यालय, सचिवालयमा तालाबन्दी जस्ता अवरोधजन्य कार्य नगर्नु, नगराउनु, सुचारु रुपमा सञ्चालन गर्न दिनु भनिएको छ ।

अदालतका अनुसार त्रिविका कर्मचारी महेश्वरमान श्रेष्ठले दायर गरेको रिटमा सुनुवाई गर्दै अल्पकालीन समयका लागि अन्तरिम आदेश जारी गरेको हो । त्रिविका पदाधिकारीका कार्यालयमा विभिन्‍न माग राखि प्रजातन्त्रवादी प्राध्यापक संघ र नेपाल विद्यार्थी संघले विभिन्‍न समयमा तालाबन्दी गरेका थिए ।

अदालतले साउन २३ गते दुवै पक्षलाई तारेखमा समेत डाकेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्धि-सम्झौताअनुसार कानुन निर्माणमा ढिलाइ हुँदैन : मन्त्री गौतम
२०८३ असोज ६, मंगलबार
जेन्जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने
२०८३ असोज ६, मंगलबार
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान, यस्तो छ न्युयोर्कको कार्यतालिका
२०८३ असोज ६, मंगलबार
काँग्रेसमा गगनको विकल्प छैन : उपसभापति भुसाल
२०८३ असोज ६, मंगलबार
उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव
२०८३ असोज ६, मंगलबार
भरत दाहाललाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चकाे आदेश
२०८३ असोज ६, मंगलबार
लुम्बिनी प्रदेशकी सांसद काफ्लेलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
२०८३ असोज ६, मंगलबार