कार्तिक २२, २०८३ आइतबार November 8, 2026

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

उपकुलपति, रजिष्ट्रार र रेक्टरले एक महिनाको तलब तथा प्राध्यापक र प्रशासनतर्फका सोसरहका कर्मचारीले १० दिन बराबरको रकम योगदान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ। त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि रु नौ करोड २५ लाख सहयोग गरेको छ ।

विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापाले बुधबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई मन्त्रालयमा उक्त रकमको चेक हस्तान्तरण गर्नुभयो ।

विश्वविद्यालयका अनुसार पदाधिकारी तथा कर्मचारीको तलब र भत्ताबाट कट्टा गरिएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिएको हो ।

उपकुलपति, रजिष्ट्रार र रेक्टरले एक महिनाको तलब तथा प्राध्यापक र प्रशासनतर्फका सोसरहका कर्मचारीले मासिक सुरु तलब स्केलको १० दिन बराबरको रकम योगदान गरेका छन् ।

त्यस्तै, उपप्राध्यापक तथा उपप्रशासक र शाखा अधिकृत तथा प्रशिक्षक वा सोसरहका शिक्षक–कर्मचारीबाट सात दिन बराबर, मुख्य कार्यालय सहायक तथा कार्यालय सहायक वा सोसरहका कर्मचारीबाट पाँच दिन बराबर र श्रेणीविहीन कर्मचारीबाट दुई दिन बराबरको पारिश्रमिक कट्टा गरी कोषमा जम्मा गरिएको विश्वविद्यालयले जनाएको छ ।

कुलपति थापाका अनुसार रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत क्षेत्रमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिपछि राहत तथा पुनःस्थापना कार्यमा योगदान पुर्‍याउने उद्देश्यले उक्त रकम सहयोग गरिएको हो ।

विश्वविद्यालय कार्यकारी परिषद्को हालै बसेको बैठकले विभिन्न तहका पदाधिकारी, शिक्षक तथा कर्मचारीको पारिश्रमिकबाट निश्चित रकम कट्टा गरी राहत कोषमा जम्मा गर्ने निर्णय गरेको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Foreign Minister Khanal leaves for Turkiye, leading Nepali Delegation to COP31
२०८३ कार्तिक २१, शनिबार
एनपिएलः लुम्बिनी लायन्स विरुद्ध काठमाण्डु गोर्खाज ३६ रनले बिजयी
२०८३ कार्तिक २१, शनिबार
साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित
२०८३ कार्तिक २१, शनिबार
कर्णाली सरकारको १०० दिनको उपलब्धि सार्वजनिक
२०८३ कार्तिक २१, शनिबार
‘मलाई सभापतिबाट हटाइएको छैन, मैले महाधिवेशन गराएको पनि छैन’ : देउवा
२०८३ कार्तिक २१, शनिबार
‘घृणा, प्रतिशोध र पूर्वाग्रह पुरानो वर्षसँगै त्यागौँ’ : गगन थापा
२०८३ कार्तिक २१, शनिबार
‘राष्ट्र नै के हुने हो भन्ने अवस्था आयो, नयाँ राष्ट्रिय एकता आवश्यक छ’ : प्रचण्ड
२०८३ कार्तिक २१, शनिबार