कार्तिक २९, २०८३ आइतबार November 15, 2026

कास्कीको सराङकोटमा फागुन दोश्रो साता श्रीमद्भागवत ज्ञान महायज्ञ र धार्मिक पर्यटन महोत्सव हुने

गुन १४ गते (महाशिवरात्रि पर्व) देखि फागुन २१ गतेसम्म श्रीमद्भागवत ज्ञान महायज्ञ र धार्मिक पर्यटन महोत्सवको आयोजना गरिदैं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं। कास्कीको पोखरा – १८ स्थित पर्यटकीय गाउँ सराङकोटमा आउँदो फागुन दोश्रो साता श्रीमद्भागवत ज्ञान महायज्ञ र धार्मिक पर्यटन महोत्सव आयोजना हुने भएको छ। धार्मिक पर्यटन क्षेत्रको रूपमा परिचित सराङकोटलाई धामका रूपमा विकास गर्ने उद्देश्यले फागुन १४ गते (महाशिवरात्रि पर्व) देखि फागुन २१ गतेसम्म श्रीमद्भागवत ज्ञान महायज्ञ र धार्मिक पर्यटन महोत्सवको आयोजना गरिने आयोजक समितिका अध्यक्ष प्रेम बहादुर जिसीले जानकारी दिनुभयो।

सराङकोट धार्मिक पर्यटन क्षेत्र विकास समितिको नेतृत्वमा २०६१ देखि वृहत गुरुयोजनाअन्तर्गत विशाल शिवमन्दिर, भ्यूटावर, १०८ शिवलिङ्ग, १०८ धारा, भुमे कालिका, गणेश मन्दिर, बहुउद्देशीय भवन निर्माण सम्पन्न भएको छ। यो कार्यक्रम ती सबै धार्मिक र पर्यटन सुविधाहरूको उद्घाटनको साथमा सुरु हुने छ।

पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उक्त महोत्सवलाई पोखरा भ्रमण वर्षको रूपमा लिँदै, पोखराको ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्त्वलाई उजागर गर्दै सराङकोटलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउने ठूलो अवसरका रूपमा व्याख्या गर्नुभयाे। उहाँले भन्नुभयाे, ‘धार्मिक आस्थाको साथसाथै पर्यटकहरूलाई सराङकोटको प्राकृतिक सौन्दर्य र सांस्कृतिक महत्त्वको अवलोकन गराउने उद्देश्य यस महोत्सवले बोकेको छ। महाशिवरात्रि जस्तो पवित्र दिनदेखि आरम्भ हुने यो महायज्ञले धार्मिक अनुयायीहरूको ध्यान तान्ने मात्र नभई महादेवप्रति भक्तिभाव व्यक्त गर्ने अनुपम अवसर पनि प्रदान गर्नेछ।’

श्रीमद्भागवत ज्ञान महायज्ञका प्रमुख वाचक भागवत् भाष्कर पण्डित कमलनयन गौतमले महायज्ञको उद्देश्य समाजमा धार्मिक एकता र शान्तिको सन्देश फैलाउनु भएको बताउनुभयाे।

पोखरा महानगरपालिका वडा नं। १८ का वडा अध्यक्ष शिव प्रसाद तिमिल्सिनाले पनि यस महायज्ञ र महोत्सवको महत्त्वको कुरा गर्नुहुँदै यसलाई स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पुर्याउने अवसरका रूपमा हेरिएको बताउनुभयाे।

यस महोत्सवले स्थानीय उत्पादन र व्यवसाय प्रवद्र्धन गर्न समेत मद्दत पुर्याउने विश्वास व्यक्त गरिएको छ।

धार्मिक आस्था, पर्यटन प्रेम, र सांस्कृतिक महत्त्वलाई आत्मसाथ गर्दै फागुन १४ देखि २१ सम्म सम्पन्न हुने महोत्सवको तयारी १,१११ सदस्यीय मुल आयोजक समिति र ११ वटा विभिन्न समितिका माध्यमबाट सुरु गरिएको प्रचार प्रसार संयोजक कृष्ण थापाले जानकारी दिनुभयाे। यस महोत्सवका लागि सराङकोट क्षेत्रका सम्पूर्ण महिला समूहहरु सक्रिय रहने विश्वास पनि व्यक्त गरिएको छ।

महायज्ञको फलदायी नतिजा स्वरूप सराङकोट धाममा बनाइएका सम्पूर्ण संरचनाहरू जस्तै बाल उध्यान, योग ध्यान केन्द्र र आकाशे शिशाको पुलसँगै दृष्य अवलोकनका लागि थप योजनाहरू पूर्ण हुने सचिव दिल बहादुर जिसीले बताउनुभयाे ।

सराङकोट, जो पोखराको प्रसिद्ध पर्यटकीय गन्तव्य हो, प्राकृतिक सौन्दर्य र हिमालको सुन्दर दृश्यावलोकनका लागि प्रसिद्ध छ, यस महायज्ञले धार्मिकता र पर्यटनको सम्मिश्रण गर्दै सराङकोटलाई अझ बढी लोकप्रिय बनाउने अपेक्षा गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बाँदरको हैरानीले किसान अदुवाखेतीतर्फ आकर्षित
२०८३ कार्तिक २९, आइतबार
सुनसरीमा छठ पर्वका सामग्रीको व्यापार बढ्यो, पूजास्थल तयार
२०८३ कार्तिक २९, आइतबार
छठ महापर्व नेपाली समाजको अद्वितीय सांस्कृतिक अनुष्ठानः उपराष्ट्रपति यादव
२०८३ कार्तिक २९, आइतबार
छठी मैयाको कृपाले सबैको जीवनमा सुख, शान्ति र समृद्धि छाओस् : गगन थापा
२०८३ कार्तिक २९, आइतबार
ट्राफिक नियम उल्लंघन गर्ने ५५७ सवारी चालक ट्राफिक फन्दामा
२०८३ कार्तिक २९, आइतबार
खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक
२०८३ कार्तिक २९, आइतबार
पश्चिमी वायुका प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २९, आइतबार