कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

नदी संरक्षणको विषयलाई गम्भीरताका साथ लिनुपर्छः मन्त्री पाण्डे

‘‘कर्णाली नदीको संरक्षण गर्ने, नदीहरुको दोहन नगर्ने गरी गरिएको छलफललाई गम्भीरताका साथ लिनुपर्छ ।’’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, फागनु १ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले नदी संरक्षणको विषयलाई गम्भीरताका साथ लिनुपर्ने बताउनुभएको छ । उहाँले फिल्म सेरिङ सिस्टर रिभर कर्णाली तथा सन् २०१६ मा सुरु गरिएको ‘ह्यासट्याग फोटो नेपाल’ पुनः सुरु भई नवीन बरालको ‘कर्णाली नदीः तीन देशका तस्बिरहरु’ प्रदर्शन कार्यक्रममा बोल्नुहुँदै उक्त कुरा बताउनुभएको हो ।

मन्त्री पाण्डेले भन्नुभयो, ‘‘कर्णाली नदीको संरक्षण गर्ने, नदीहरुको दोहन नगर्ने गरी गरिएको छलफललाई गम्भीरताका साथ लिनुपर्छ ।’’

नदीको किनारमा क्रसर उद्योग खोल्ने, हाइड्रोपावर निर्माणका कार्यले नदीको प्राकृतिक स्वरुपमा आँच आइरहेको छ । मानवका रक्त नली जस्तै नदीहरुको सम्बन्ध पनि भूगर्वसम्म रहने गर्छ । उहाँले विकास निर्माणका कार्य गर्दा नदीको प्राकृतिक सौन्दर्य नबिग्रने गरी पूर्वाधार तथा भौतिक संरचना बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले विकसित राष्ट्रहरुबाट असन्तुलित रुपमा भएको प्राकृतिक दोहनका कारण जलवायु परिवर्तनको असर बढ्दै गएको बताउँदै अन्नपूर्ण बेसक्याम्प लगायतका हिमालहरुमा समेत हिउँ नभएकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।

मन्त्री पाण्डेले हिमालको हिउँ पग्लेर हिमाल, पहाड र समुद्री तट हुँदै समग्र विश्वमा असर परिरहेको बताउनुभयो । उहाँले नेपाल जस्ता अल्पविकसित मुलुकहरुले विविध संस्कृति र प्रकृतिको संरक्षणका निम्ति दबाबको आवश्यकता औंल्याउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इरानको निशानामा अमेरिकी अर्थमन्त्री, सुरक्षाका लागि सैनिक बेसमा आश्रय
२०८३ कार्तिक २५, बुधबार
जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छः परराष्ट्रमन्त्री खनाल (अन्तवार्ता)
२०८३ कार्तिक २५, बुधबार
विश्वकप तयारीमा नेपाली यू–१९ महिला टोली, भारतसँग टी–२० शृङ्खला खेल्ने
२०८३ कार्तिक २५, बुधबार
Minister Wagle wants special financial package for vulnerable countries
२०८३ कार्तिक २५, बुधबार
विश्वासको मत लिन मधेसका मुख्यमन्त्री यादवले बोलाए प्रदेशसभा बैठक
२०८३ कार्तिक २५, बुधबार
रुसका लागि जासुसी गरेको आरोपमा बेलायतमा अमेरिकी सैनिक पक्राउ
२०८३ कार्तिक २५, बुधबार
CM Yadav to seek vote of confidence on November 14
२०८३ कार्तिक २५, बुधबार