असार २५, २०८२ बुधबार July 9, 2025

नसर्ने रोगलाई रोकथाम गर्न प्रारम्भिक पहिचान आवश्यकः स्वास्थ्य सचिव पोखरेल

स्वास्थ्य मन्त्रालयले आजबाट महिनाभर नसर्ने रोगसम्बन्धी निःशुल्क परीक्षण गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १ फागुनः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले नसर्ने रोगलाई रोकथाम गर्न प्रारम्भिक पहिचान आवश्यक रहेकाले सबैले जोड दिनुपर्ने बताउनुभएको छ ।

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा(ईडिसिडी) ले आयोजना गरेको नसर्ने रोगको लागि पहिचानका लागि एक महिने अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले नेपालमा नसर्ने रोगको भार बढिरहेको बताउनुहुँदै समयमै परीक्षण गर्न आग्रह गनुभएको हो ।

उहाँले भन्नुभयो, “मलाई केही पनि हुँदैन भन्ने घमण्डमा हामीमा छ त्यसैले परीक्षण गर्न बेवास्ता गर्छौँ तर समयमा परीक्षण गरिएन भने दीर्घरोगी भइ बाँच्नु पर्ने हुन्छ । रोग लागेको छैन भन्ने घमण्ड त्यागौँ र नियमित परीक्षण गराऔँ । ”

डा पोखरेलले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नसर्ने रोग पहिचान कार्यक्रम नियमित कार्यक्रमरूपमा गरिरहेको र स्थानीय तहले यो कार्यक्रमलाई बढी महत्वका साथ अघि बढाओस् भन्ने उद्देश्यले अभियान थालेको बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयले आजबाट महिनाभर नसर्ने रोगसम्बन्धी निःशुल्क परीक्षण गर्ने भएको छ । अभियानका क्रममा ३० वर्ष माथिका सबै नागरिकलाई स्थानीय स्वास्थ्य संस्थामा मधुमेह, उच्च रक्तचाप, मिर्गौलासम्बन्धी रोगको परीक्षण गरिनुका साथै शरीरको उचाइ र तौलको अनुपात पहिचान गरिनेछ ।

यो अभियान नसर्ने रोगको रोकथाम, प्रारम्भिक पहिचान र व्यवस्थापनका लागि देशव्यापी अभियान सञ्चालन हुने भएको हो । देशभरका स्थानीय तह अन्तर्गतका सबै स्वास्थ्य संस्थामा सञ्चालन हुँदैछ ।

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा यदुचन्द्र घिमिरेले नसर्ने रोगको रोकथाम र नियन्त्रणमा सबैको साथ सहयोगको अपेक्षा गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “यस अभियानले सबै स्वस्थ्य रहन स्थानीय समुदायमा नसर्ने रोगको प्रमुख जोखिम तत्वजस्तै मोटोपना, धुम्रपान तथा मध्यपान नियन्त्रण र नुनको अत्यधिक प्रयोगमा कमी ल्याउन मद्दत पुग्ने आशा गरिएको छ । ”

विश्वभर मृत्यु र अपाङ्गताको मुख्य कारको रुपमा नसर्ने रोग रहेको छ । नेपालमा हुने मृत्युको लगभग तीन चौथाई अनुपात नसर्ने रोगले ओगटेको देखिन्छ । बदलिँदो जीवनशैली, बढ्दो शहरीकरण, परिवर्तित जनसङ्ख्याको अनुपात, जलवायु परिवर्तनजस्ता कारणले नसर्ने रोग बढिरहेको छ ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार