कार्तिक २९, २०८३ आइतबार November 15, 2026

पाथीभरा माताको दर्शन गर्दै थाहा पाउनुहोस् आजको दैनिक राशिफल

मकरलाई आज दिनभर व्यस्त भएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्दा मन खिन्न हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) विलाशीताले खर्च बढाए पनि भौतिक सम्पत्ति तथा उपहार प्राप्तिको गतिलो योग रहेकोछ । आर्थिक समस्या सुल्झाउदै शिक्षा तथा बैकिङ क्षेत्रमा लगानी बढाउन सकिनेछ । वंश बृद्धिको गतिलो योग रहेकोछ । नोकरीमा सुगम स्थानमा स्थानान्तरण तथा बढुवा हुने योग रहेकोछ । बौद्धिकताले सम्मान दिलाउनेछ । माया प्रेममा रमाउन चाहने प्रेमिल जोडीहरुका लागि समय उत्तम रहेकोछ । यात्रा, खानपान तथा मनोरञ्जनमा समय व्यतित हुनेछ ।

बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) घरायसी समस्या एक्कासी बढ्नाले अर्थ अभाव हुनेछ । आमा तथा आमासँग टाडिएर यात्राको तय गर्नुपर्दा मन खिन्न हुनेछ भने आफन्तको साथ पाइने छैन । समाजसेवामा तथा राजनीतिमा पदको दुरुपयोग गर्दा मान सम्मानमा दाग लाग्न सक्छ ध्यान दिनुहोला । र, पनि कृषि, पशुपालन तथा सवारी साधन खरिद विक्रिबाट मनग्गे आम्दानी हुने योग रहेकोछ । प्रणय सम्बन्धमा रमाउन चाहने जोडीहरुका लागि समय उत्तम रहेकोछ । मनोरञ्जन, खानपान तथा उपहार प्राप्तिको समय रहेकोछ ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) व्यवसायबाट मनग्गे लाभ लिन सकिनेछ भने टेक्निकल क्षेत्रसँग सम्बन्धित कामबाट फाइदा हुनेछ । विवादित विषयहरु तपाईं आफ्नै पक्षमा निर्णय हुनेछन् । तपाईंले शुरु गरेको काममा आफन्त तथा दाजुभाइहरुको सहयोग तथा समर्थन पाइनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरुलाई पछि पार्दै तपाईंको नाम अग्र स्थानमा आउनेछ । प्रेममा नजिक हुने समय रहेकोछ भने लामो समयदेखिको एक्लोपनलाई आजको भेटले खुशीमा परिणत गर्नेछ ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) तपाईंको कामको धेरैले प्रशंसा गर्नेछन् भने विशिष्ट व्यक्तिहरुबाट सम्मानित हुने ग्रहयोग रहेकोछ । तार्किक क्षमतामा बृद्धि भएर जानेछ । सम्मानका साथ आम्दानी बढाउन सकिनेछ । गायन तथा संगीतको क्षेत्रमा लागी नाम कमाउनेहरुका लागि नया नयाँ अवसर आउनेछ । पारिवारिक माहोलमा जमघट भई मीठो मसिनो खाने अवसर जुर्नेछ । प्रेमिल जोडीहरुका लागि समय उत्तम रहेकोछ भने एक अर्काको भावनालाई कदर गर्दै उपहार साटासाट गर्न सकिनेछ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) आत्मविश्वास बढ्ने हुनाले गाह्रो कामहरु पनि सहजै सम्पादन गर्न सकिनेछ । व्यवसाय फस्टाएर जानेछ भने व्यवसायमा लगानी बढाउदा भनेजस्तो आम्दानी हुनेछ । नीति नियम तथा कानुन अनुसार हुने फैसला तपाईंकै पक्षमा हुनेछन् । पढाइ लेखाइमा तथा प्रतिस्पर्धामा तपाईंकै नाम अग्र स्थानमा आउनेछ । प्रेमिल जोडीहरुका लागि आजको दिन उत्तम रहेकोछ । मन परेको मानिसबाट उपहार प्राप्तिको योगलाई नकार्न सकिदैन ।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) कुनै पनि आर्थिक कारोबार गर्दा सचेत हुनुहोला आर्थिक कारोबार बिग्रिने तथा दण्ड तथा जरिवाना हुने सम्भावना छ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जाने ग्रहयोग रहेकोछ । पढाइ लेखाइ तपाईं आफ्नै कारणले बिग्रनसक्छ ध्यान, दिनु होला । र, पनि काम तथा अध्ययनको शिलशिलामा यात्राको गतिलो सम्भावना रहेको छ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घुमफिर, खानपान तथा मनोरञ्जनमा समय व्यतित गर्न सकिनेछ ।

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते)  आयभावमा गोचर गर्ने चन्द्रमाले खाद्यान्न, खनिज पदार्थ तथा तरल पदार्थको व्यापार व्यवसाय फस्टाएर जानेछ । आर्थिक अवस्था राम्रो हुने तथा नयाँ प्रकृतिको काम गरी मनग्गे आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले सफलता प्राप्त गर्न सकिनेछ । ईच्छा आकांक्षा पुरा गर्न सकिनेछ । आफुले मन पराएको मानिसबाट प्रेम प्रस्ताव आउनेछ । प्रेमिल जोडीहरुले खानपान, घुमफिर तथा मनोरञ्जनमा समय व्यतित गर्न सक्नेछन् ।

बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) सम्मानित काम गरी सबैको मन जित्न सकिनेछ । व्यापार व्यवसायबाट प्रसस्त आम्दानी गर्न सकिनेछ । नयाँ काम पाउने तथा गरिरहेको काममा बढुवा हुने योग रहेको छ । पारिवारिक माहोलमा भेला भई मिष्टान्न भोजन ग्रहण गर्न सकिनेछ । परिवारजनको सहयोगले महत्वपूर्ण कामहरु बन्ने हुनाले आर्थिक अवस्था सुदृड हुनेछ । माया प्रेममा रमाउन चाहनेहरुले एक अर्कालाई बुझ्ने, समय व्यतित गर्ने तथा उपहार साटासाट गरि समय व्यतित गर्नेछन् ।

धनु (ये,यो,भा,भि,भु,ध,फा,ढा,भे) सामाजिक काम गरी समाजमा नाम तथा दाम दुवै कमाउन सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जाने तथा आफन्तहरुलाई खुशी पार्न सकिनेछ । आफ्नो रितिरिवाज जोगाउने काममा समय खर्च हुनेछ भने तीर्थ यात्राको प्रशस्त सम्भावना रहेकोछ । व्यापार व्यवसायमा लगानी बढाई प्रशस्त नाफा कमाउने समय रहेको छ । प्रेम प्रसंगमा रमाउन चाहनेहरुका लागि दिन उत्तम रहेकोछ  भने अधिकांश समयसँगै रही समय व्यतित गर्न सकिनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) सवारी साधनको प्रयोग गर्दा वा चलाउदा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । दिनभर व्यस्त भएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्दा मन खिन्न हुनेछ । खानपिन तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ । र, पनि माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । उपहार प्राप्तिको योग रहेकोछ भने घुमफिर तथा खानपानमा समय खर्च हुनेछ ।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) आवश्यक पर्दा साथ दिनेहरु प्रशस्त भेटिने हुँदा मन प्रशन्न हुनेछ । परिवारका साथ देश विदेशको यात्राको तय गर्न सकिनेछ । स्थायी सम्पत्तिको भरपुर प्रयोग गर्न पाइनेछ । नाफामुलक काम गरी मनग्गे आम्दानी गर्न सकिनेछ भने सेवा मुलक काम गरी नाम पनि कमाउन सकिने हुनाले मान सम्मानमा बृद्धि हुनेछ । अध्ययनमा मन जानेछ । माया प्रेममा रमाउन प्रेमिल जोडीहरुका लागि समय उत्तम रहेकोछ । उपहार साटासाट तथा एक अर्काको भावनाको कदर गर्दै समय व्यतित गर्न सकिनेछ ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,ची) ईष्टमित्र तथा आफन्तका साथ रमाइलो यात्राको अवसर जुर्ने तथा मीठा परिकार ग्रहण गर्दै दिन कटाउन सकिनेछ । अदालती निर्णयहरु तपाईंकै पक्षमा आउने तथा शत्रु परास्त गर्दै अगाडि बढ्न सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीको मनोवल गिराउदै सकारात्मक उपलब्धि हात पार्न सकिनेछ । मन परेको मानिसबाट प्रेम प्रस्ताव आउनेछ । प्रेमिल जोडीहरुका लागि समयले साथ लिनेछ भने घुमफिर, खानपान तथा मनोरञ्जनमा समय व्यतित गर्न सकिनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बाँदरको हैरानीले किसान अदुवाखेतीतर्फ आकर्षित
२०८३ कार्तिक २९, आइतबार
सुनसरीमा छठ पर्वका सामग्रीको व्यापार बढ्यो, पूजास्थल तयार
२०८३ कार्तिक २९, आइतबार
छठ महापर्व नेपाली समाजको अद्वितीय सांस्कृतिक अनुष्ठानः उपराष्ट्रपति यादव
२०८३ कार्तिक २९, आइतबार
छठी मैयाको कृपाले सबैको जीवनमा सुख, शान्ति र समृद्धि छाओस् : गगन थापा
२०८३ कार्तिक २९, आइतबार
ट्राफिक नियम उल्लंघन गर्ने ५५७ सवारी चालक ट्राफिक फन्दामा
२०८३ कार्तिक २९, आइतबार
खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक
२०८३ कार्तिक २९, आइतबार
पश्चिमी वायुका प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २९, आइतबार