असार २६, २०८२ बिहिबार July 10, 2025

घुम्ती शिविरबाट सात हजार बढी लाभान्वित

शिविरमा लोसपा अध्यक्ष महन्थ ठाकुर, मधेश सरकारका शिक्षामन्त्री रानी शर्मा तिवारी , सिडिओ लालबाबु कवारीले अनुगमन गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

महोत्तरी, २ फागुनः मटिहानी नगर कार्यपालिकाको कार्यालयले गत माघ २३ गतेदेखि बिहीबारसम्म मटिहानीमा सञ्चालन गरेको एकीकृत घुम्ती सेवा शिविरबाट सात हजार छ सय ९६ जनाले सेवा लिएका छन् ।

शिविरमा नगर कार्यपालिकाको कार्यालय र वडा कार्यालयबाट सम्पादन हुने सबै सेवा प्रवाह गरिएको थियो । शिविरमा सबैभन्दा बढी दुई हजार पाँच सय ८७ जनाले सेवा लिएका थिए भने दुई हजार पाँच सय ३० जनाले कृषि सेवा लिएका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्माले बताउनुभयो ।

तीन वर्षयता नगर कार्यपालिकाको कार्यालयले बर्सेनि घुम्ती सेवा सञ्चालन गर्दै आएको छ ।

शिविरमा प्रतिनिधिसभा सदस्य तथा लोकतान्त्रिक समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुर, मधेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारी , प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले अनुगमन गर्नुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया