असार २५, २०८२ बुधबार July 9, 2025

गुल्मी अस्पतालमा विद्युतीय चिकित्सा अभिलेख (ईएमआर) प्रणाली सुरु

प्रणाली सुरु गर्नेमा गुल्मी अस्पताल देशभरिमै नवौं अस्पताल रहेको उल्लेख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, फागुन २ गते । गुल्मी अस्पतालमा विद्युतीय चिकित्सा अभिलेख (ईएमआर) प्रणाली सुरु भएको छ ।

अभिलेख प्रणालीको उपकरण विश्व स्वास्थ्य सङ्गठन नेपालका डा. एलीसन गोकोटना, लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले एक कार्यक्रमबिच गुल्मी अस्पताल विकास समितिका अध्यक्ष गोपाल पाण्डेसहित अस्पतालका निमित्त प्रमुख बैभव बस्याललाई हस्तारतण गर्नुभयो ।

विद्युतीय चिकित्सा अभिलेख (ईएमआर) प्रणाली सुरु गर्दै विश्व स्वास्थ्य सङ्गठन नेपालका डा. एलीसन गोकोटनाले यो प्रणालीले नागरिकलाई सहज हुने बताउँदै उच्चतम प्रयोग गरेर सेवा लिन नागरिकलाई आग्रह गर्नुभयो ।

विश्व स्वास्थ्य सङ्गठन लुम्बिनी प्रदेशमै पहिलो पटक गुल्मी अस्पताल तम्घासमा विद्युतीय चिकित्सा अभिलेख (ईएमआर) प्रणाली सुरु भएको हो । यो प्रणाली सुरु गर्नेमा गुल्मी अस्पताल देशभरिमै नवौं अस्पताल रहेको उल्लेख गरिएको छ ।

विश्व स्वास्थ्य संगठन नेपालको सहयोगमा गुल्मी अस्पतालमा यो प्रणाली सुरु भएसँगै अस्पतालबाट उपलब्ध हुने सबै सेवा डिजिटल माध्यममा देखिने भएको छ । टिकटिङ, बिलिङ, डाक्टरको उपलब्धता, औषधीलगायत विवरण ईएमआर प्रणालीमार्फत जानकारी लिन सकिने अस्पतालका जनस्वास्थ्य निरीक्षक बोम अर्यालले जानकारी दिनुभयो ।

ईएमआर प्रणालीको सुरु गर्दै लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले प्रदेश सरकार जनताप्रति जवाफदेही हुनेगरी र जनताले सरकारको महसुस गर्नेगरी काम गरिरहेको दाबी गर्नुभयो ।

यस्तै, मन्त्री सारुले स्वास्थ्य मन्त्रालय मातहतका गाडीमा जिपीएस जडान गर्ने, शुल्कसहितको नागरिक वडापत्र राख्ने, सरकारी अस्पतालमा काम गर्ने डाक्टरको नाम देखिने गरी प्राइभेट अस्पतालको बोर्डमा नाम राख्ने काम बन्द गर्ने लगायतका कामहरु सुरु गरेको र यसको प्रभावकारिता सकारात्मक देखिएको बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार