कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

नयाँ नौ विधेयक ल्याउने मुख्यमन्त्री पाण्डेको घोषणा

अधिवेशन अवधिभित्रै थप नौ विधेयक प्रदेशसभामा पेश हुने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं, २ फागुन । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशनको दोस्रो बैठक शुक्रबार बस्यो। बैठकमा प्रदेशसभामा रहेका दलहरुका नेताहरुले सम्बोधन गर्नुभयो। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यो अधिवेशनमा सरकार ऐन निर्माणलाई विशेष जोड दिएर लाग्ने उल्लेख गर्नुभयो।

नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहनुभएका पाण्डेले अधिवेशन अवधिभित्रै थप नौ विधेयक प्रदेशसभामा पेश हुने बताउनुभयो। “प्रदेश सरकार आवश्यक विधेयक बनाउन लागेको छ,” उहाँले भन्नुभयो, “गण्डकी प्रदेश औद्योगिक व्यवसायी ऐन २०७५ संशोधन गर्न बनेको विधेयक छलफलमा छ सामूहिक कर असुल गर्ने विधेयक पनि अघि बढेको छ।”

सार्वजनिक सडक विस्तार तथा मर्मत संभार, साझेदारी वन नियमन तथा व्यवस्थापन, र जीवनाशक विषादीको व्यवस्थापनसम्बन्धी विधेयक अहिले संसदीय समितिहरुमा छलफलकमा छन्। ऐन निर्माणको आवश्यकतालाई बुझेर नै यसपालि चार महिनामै संसद अधिवेशन भएको उहाँको भनाइ छ।

नेकपा (एमाले) का प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले यसपालिको अधिवेशनलाई ‘विधेयक अधिवेशन’ बनाउनुपर्ने धारणा राख्नुभयो।  उहाँले भन्नुभयो, “तीन वटा विधेयक छलफलमा छन्। नयाँ दुई विधेयक दर्ता भएका छन्। केही नयाँ विधेयक यसपालि आउँदै छन्। कानुन बनाएरमात्र हुँदैन अब कार्यान्वयन गराउनेतर्फ पनि ध्यान दिनुपर्छ।”

बैठकमा नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता हरिबहादुर चुमानले संघीयताको प्रभावकारी कार्यान्वयन र कानुन निर्माणमा गम्भी बन्न आग्रह गर्नुभयो। कतिपय कानुनलाई सङ्घ सरकारले रोकिराखेको उहाँको टिप्पणी छ। उहाँले प्रदेश सभाले परिणाममुखी काम गर्नुपर्नेमा जोड दिनुभयो। राप्रपा संसदीय दलका नेता पञ्चराम गुरुङले सरकारले लय समात्न नसकेको जिकिर गर्नुभयो।

शुक्रबार बसेको प्रदेश सभाले गण्डकी प्रदेश निजामती सेवा अध्ययादेश सर्वसम्मत पारित गरेको छ। मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश निजामती सेवा ऐन २०७९ लाई संशोधन गर्न बनेको अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। उक्त प्रस्ताव सर्वसम्मत पास भएको सभामुख कृष्णप्रसाद धितालले घोषणा गर्नुभयो।

शुक्रबार बसेको बैठकमा गण्डकी प्रदेश लोक सेवा आयोगको आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदनसमेत पेश भएको छ। मुख्यमन्त्री पाण्डेले प्रतिवेदन सभामा पेश गर्नुभएको हो। आर्थिक मन्त्री टकराज गुरुङले सामयिक कर असुल गर्नेसम्बन्धमा व्यस्था गर्न बनेको विधेयक पेश गर्नुभएको छ। पर्यटन मन्त्री मित्रलाल बस्यालले गण्डकी प्रदेश औद्योगिक व्यवसाय ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक सभामा पेश गर्नुभयो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इरानको निशानामा अमेरिकी अर्थमन्त्री, सुरक्षाका लागि सैनिक बेसमा आश्रय
२०८३ कार्तिक २५, बुधबार
जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छः परराष्ट्रमन्त्री खनाल (अन्तवार्ता)
२०८३ कार्तिक २५, बुधबार
विश्वकप तयारीमा नेपाली यू–१९ महिला टोली, भारतसँग टी–२० शृङ्खला खेल्ने
२०८३ कार्तिक २५, बुधबार
Minister Wagle wants special financial package for vulnerable countries
२०८३ कार्तिक २५, बुधबार
विश्वासको मत लिन मधेसका मुख्यमन्त्री यादवले बोलाए प्रदेशसभा बैठक
२०८३ कार्तिक २५, बुधबार
रुसका लागि जासुसी गरेको आरोपमा बेलायतमा अमेरिकी सैनिक पक्राउ
२०८३ कार्तिक २५, बुधबार
CM Yadav to seek vote of confidence on November 14
२०८३ कार्तिक २५, बुधबार