असार २५, २०८२ बुधबार July 9, 2025

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

नेप्से परिसूचक १९ दशमलव ५६ अङ्कले बढेर दुई हजार छ सय ९८ दशमलव ०३ को विन्दुमा कायम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ४ फागुन । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ। आज नेप्से परिसूचक १९ दशमलव ५६ अङ्कले बढेर दुई हजार छ सय ९८ दशमलव ०३ को विन्दुमा कायम भएको हो।

आज तीन सय नौ कम्पनीको दुई करोड नौ लाख ८४ हजार चार सय ४० कित्ता शेयर ९६ हजार दुई सय ८२ पटक खरिदबिक्री हुँदा रू. नौ अर्ब ४७ करोड तीन लाख आठ हजार दुई सय ६६ बराबरको कारोबार भएको छ।

आजको कारोबारमा म्युचुअल फन्ड शून्य दशमलव ११ र निर्जीवन बिमा एक दशमलव २८ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ। वित्त समूह सबैभन्दा धेरै चार दशमलव ९४ प्रतिशतले बढेको छ।

बैंकिङ शून्य दशमलव ९८, विकास बैंक शून्य दशमलव ०८, होटल तथा पर्यटन एक दशमलव ९५ र जलविद्युत् शून्य दशमलव ३६ प्रतिशतले बढेको छ। त्यस्तै, लगानी एक दशमलव १७, जीवन बीमा शून्य दशमलव ३९, उत्पादन तथा प्रशोधन शून्य दशमलव २०, लघुवित्त एक दशमलव ८६, व्यापार शून्य दशमलव २५ र अन्य समूह शून्य दशमलव ३८ प्रतिशतले बढेको छ।

विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड, जानकी फाइनान्स कम्पनी लिमिटेड, नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने न्यादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको ३३ करोड ५४ लाख ७५ हजार एक सय २९ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै एनआईबिएल स्टेबल फन्डको सात लाख ११ हजार तीन यस ८४ कित्ता शेयर किनबेच भएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार
आईपीएलको ब्रान्ड मूल्य १८.५ अर्ब डलर पुग्यो, आरसीबी शीर्षमा
२०८२ असार २५, बुधबार
खेलाडीहरूले खेलेरै बाँच्न सक्ने स्थिति बनेको छ : प्रधानमन्त्री
२०८२ असार २५, बुधबार
कांग्रेस लुम्बिनीका महामन्त्री खनाल पार्टीबाट निष्काशित
२०८२ असार २५, बुधबार
सप्तकोशी नदी तटीय क्षेत्रमा उच्च सर्तकता अपनाउन स्थानीय प्रशासनको आग्रह
२०८२ असार २५, बुधबार