असार २५, २०८२ बुधबार July 9, 2025

उपप्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओली अस्पतालमा

घाउको अवस्था सामान्य भएपनि सङ्क्रमको जोखिम रहेको भन्दै अस्पतालले जारी गर्यो यस्तो सूचना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर अस्पतालमा पुगेर जलनबाट घाइते हुनुभएका उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा नगरपालिकाका नगर प्रमुख धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ।

प्रधानमन्त्री ओलीसँगै उहाँहरुको स्वास्थ्य अवस्था बुझ्न  प्रथम महिला राधिका शाक्यसमेत कीर्तिपुर अस्पताल पुग्नुभएको थियो।

प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालले भन्नुभयो, ‘‘प्रधानमन्त्री केपी शर्मा ओली र र प्रथम महिला राधिका शाक्यले कीर्तिपुर अस्पतालमा उपचाररत उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ।’’

अहिलेलाई घाउको अवस्था सामान्य भए पनि सङ्क्रमको जोखिम रहेको भन्दै अस्पतालले विज्ञप्तिमार्फत भेटघाट बन्द गरिएको जानकारी गराएको हो।

शनिबार पोखरा पर्यटन महोत्सवको उद्घाटनको अवसरमा उडाउने क्रममा बेलुन पड्किँदा उहाँहरु दुवैजना घाइते हुनुभएको हो। उहाँहरुलाई पोखराबाट शनिबार नै उपचारका लागि कीर्तिपुर अस्पताल ल्याइएको हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार