काठमाडौंः पोखरामा शनिबार भएको बेलुन विस्फोटमा परेर घाइते हुनुभएका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको स्वास्थ्यमा सुधार आएको छ ।
अस्पतालले एक विज्ञप्ति मार्फत कीर्तिपुर बर्न अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा उपचाररत उनीहरूको स्वास्थ्य अवस्था शनिबारको भन्दा सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । संक्रमणको जोखिम रहेकाले हाललाई भेटघाट भने बन्द गरिएको बताइएको छ ।
‘घाउको अवस्थाको बारेमा आज ड्रेसिङ भएपछि अद्यावधिक गरिनेछ र हाललाई अवस्था सामान्य भएतापनि संक्रमण हुने भएको हुदाँ हाललाई भेटघाट अर्को सूचना नआएसम्म पूर्ण रूपमा बन्द गरिएको छ’, अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया