असार २१, २०८२ शनिबार July 5, 2025

अन्तर पालिकास्तरीय महिला फुटबलको उपाधि कनकाईलाई

फाइनल खेलमा एक गोल गरेकी कनकाईकी पूर्णिमा प्लेयर अफ दी म्याच बन्दै नगद रु पाँच हजार जितिन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

झापा, ६ फागुनः प्रथम अन्तरपालिका महिला फुटबल प्रतियोगिताको उपाधि कनकाई नगरपालिकाले जितेको छ । च्याम्पियन बनेसँगै कनकाई नगरपालिकाले नगद रु तीन लाख पाएको छ ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा सोमबार भएको फाइनल खेलमा अर्जुनधारा नगरपालिकालाई ३–० गोलअन्तरले पराजित गर्दै कनकाई नगरपालिका च्याम्पियन बनेको हो । उपविजेता अर्जुनधारा नगरपालिकाले ट्रफीसहित नगद रु एक लाख ५० हजार पाएको छ ।

कनकाईको जितमा सिमन राई र पूर्णिमा राईले गोल गरेका हुन् । पहिलो हाफको सात मिनेटमै कनकाईकी सिमनले गोल गर्दै अग्रता दिलाएकी थिइन् । दोस्रो हाफमा थप दुई गोल भएको थियो । खेलको ५३औँ मिनेटमा कनकाईकी पूर्णिमाले गोल गर्दै अग्रता दोब्बर बनाएकी हुन् । यसैगरी सिमनले ६०औँ मिनेटमा व्यक्तिगत दुई गोल तथा टिमका लागि तेस्रो गोल गरेकी हुन् ।

फाइनल खेलमा एक गोल गरेकी कनकाईकी पूर्णिमा प्लेयर अफ दी म्याच बन्दै नगद रु पाँच हजार पाउन सफल भइन् । कनकाईकी सुशीला चौधरी बेस्टकिपर, कप्तान खुमा राई बेस्ट डिफेन्ड र सिमन राई बेस्ट मिडफिल्डर भइन् । उनीहरुले जनही रु सात हजार पाए ।

यसैगरी अर्जुनधाराकी जेनिफ रानामगर सर्वोत्कृष्ट खेलाडी बन्दै नगद रु १५ हजार पाउन सफल भइन् । खेलमा सर्वाधिक १० गोल गरेकी जेनिफरले थप रु सात हजार र खेलप्रेमीबाट रु दुई हजार पाँच सय नगदसहित ट्रफी पाइन् । उनले एप्पल वाच पुरस्कार पनि पाइन् ।

यस्तै, अर्जुनधाराकी कुसुम खतिवडाले बेस्ट फरवार्डको उपाधिसहित नगद रु सात हजार पाइन् । विजेता तथा उपविजेता टिमलाई बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतरा प्रसाईँ, अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखेल, बिर्तामोडका उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौला, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी, बिर्तामोड नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरीलगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार
इजरायली हस्तक्षेपविरुद्ध पाँच वामपन्थी दलको साझा विरोध कार्यक्रम घोषणा
२०८२ असार २१, शनिबार
राष्ट्रपतिद्वारा यू-१६ क्रिकेट खेलाडीलाई बधाई
२०८२ असार २१, शनिबार
प्रधानमन्त्री ओलीद्धारा उपाधि जित्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई
२०८२ असार २१, शनिबार
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
२०८२ असार २१, शनिबार