चैत्र १२, २०८१ मंगलबार March 25, 2025

टी–२० क्रिकेट लिग : सांग्रिला लिग च्याम्पियन

लिग चरणमा अपराजित कास्कीलाई सांग्रिलाले फाइनलमा रोक्न सफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । सांग्रिला क्रिकेट क्लब कास्की जिल्ला टी–२० क्रिकेट लिग च्याम्पियन बनेको छ । सोमबार पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भएको फाइनलमा कास्की क्रिकेट क्लबलाई ५ विकेटले पराजित गर्दै च्याम्पियन बनेको हो ।

कप्तान विपीन खत्रीको अलराउण्ड प्रदर्शनमा सांग्रिलाले उपाधि हात पारेको हो । कास्की जिल्ला क्रिकेट संघ आयोजनामा सञ्चालित प्रतियोगितामा लिग चरणमा अपराजित कास्कीलाई सांग्रिलाले फाइनलमा भने रोक्न सफल रह्यो ।

९४ रनको लक्ष्य पछ्याएको सांग्रिलाका लागि विपीनने ४९ रनमा अविजित रहँदै जित सुनिश्चित बनाए । उनले ४१ बलमा ५ चौका र १ छक्का हिर्काए । सांग्रिलाको पनि सुरुआति राम्रो रहेन । ३ रन जोड्नेक्रममा पहिलो विकेट गुमाउन पुग्यो । सिव्रिन श्रेष्ठ केवल १ रन बनाई खेल्ने क्रममा नितेश गिरीको बलमा विष्णुप्रसाद शर्माबाट क्याच भए । विराट दुवाडीले १८ रन बनाए । उनले २३ बल खेले । अरुण अधिकारी १० रनमा नटआउट रहँदै सांग्रिलाले १६ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै च्याम्पियन बन्यो ।

१५ दिनसम्म सञ्चालित प्रतियोगितामा संघमा आवद्ध ८ क्लबले भाग लिएका थिए । पोखरा क्रिकेट क्लबका सुवास भण्डारीले प्लयेर अफ दि टुर्नामेन्टको पुरस्कार जितेको प्रादेशिक क्रिकेट संघ गण्डकी अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए ।

टस हारेर ब्याटिङ गरेको कास्कीले पूरा ओभरमा ९ विकेट क्षतिमा ९३ रनको सामान्य योगफल तयार पारेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया