माघ ९, २०८२ शुक्रबार January 23, 2026

बागमती प्रदेश प्रमुख देवकोटाले दिए प्रजातन्त्र दिवसको शुभकामना

“निरङ्कुशताविरुद्ध सङ्गठित रूपमा नेपाली जनता आन्दोलनमा होमिएर जहानियाँ राणा शासनलाई परास्त गर्न सफल भएको दिन गौरवपूर्ण र सुनौलो बिहानी बोकेको दिन हो ।”

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मनहरी मकवानपुर। बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले फागुन ७ गतेको दिनलाई गौरवपूर्ण र सुनौलो बिहानी बोकेको दिनका रूपमा लिनुपर्ने बताएका छन्। राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश प्रकाशन गर्दै उनले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

“स्वतन्त्रता र राष्ट्रहितका खातिर आफ्नो प्राणको आहुति दिनुभएका वीर सहिदहरूको स्मरण गर्दै उहाँहरूप्रति उच्च सम्मानका साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु”, सन्देशमा भनिएको छ । नेपालको इतिहासमा २००७ साल फागुन ७ गते एक महत्त्वपूर्ण दिनको रूपमा रहेको उल्लेख गर्नुहुँदै उहाँले शुभकामना सन्देशमा भनेका छन्, “निरङ्कुशताविरुद्ध सङ्गठित रूपमा नेपाली जनता आन्दोलनमा होमिएर जहानियाँ राणा शासनलाई परास्त गर्न सफल भएको दिन गौरवपूर्ण र सुनौलो बिहानी बोकेको दिन हो ।”

फागुन ७ को जगमा टेकेर आज नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा छ । आजको दिनले इतिहासको यो गौरवशाली समय बिन्दुलाई पुनर्ताजगी गर्दै राष्ट्रिय एकता र स्वाभिमानलाई कायम राखी समृद्ध नेपाल निर्माणमा लाग्न हामी सबैलाई प्रेरित गर्दछ सन्देशमा भनिएको छ । आआफ्ना पार्टीगत स्वार्थलाई त्यागेर देश निर्माणको अभियानमा सम्पूर्ण राजनीतिक दल होमिनुपर्ने आवश्यकता रहेको प्रदेश प्रमुख देवकोटाले सन्देशमा उल्लेख गरे।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एउटै पालिकाबाट छ जना उम्मेदवार : महिला शून्य
२०८२ माघ ९, शुक्रबार
रास्वपा उम्मेदवार खेरललाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगको निर्देशन
२०८२ माघ ९, शुक्रबार
पोखरामा आजदेखि ‘टाइगर कप’ भलिबल प्रतियोगिता सुरु हुँदै
२०८२ माघ ९, शुक्रबार
राष्ट्र बैंकद्धारा आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८२ माघ ९, शुक्रबार
माघ शुक्ल पञ्चमी : श्रीपञ्चमी (वसन्तपञ्चमी) पर्व मनाइँदै
२०८२ माघ ९, शुक्रबार
सरस्वती माताको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल ?
२०८२ माघ ९, शुक्रबार
निर्वाचन ४१ दिन बाँकी, उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिने
२०८२ माघ ९, शुक्रबार